दुई दिवसीय क्रिकेट पुसमा हुने « Khabarhub

दुई दिवसीय क्रिकेट पुसमा हुने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक यु-१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हिमालयन क्रिकेट एकेडेमीको आयोजनामा पुस १९ देखि माघ ४ गतेसम्म आयोजना हुनेछ ।

६ टिम सहभागी हुने भनिएको लिगको लगानी ५० लाख अनुमानित रहेको आयोजकले जनाएको छ । राजधानीका ४ र उपत्यका बाहिरका २ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

अहिलेसम्म आयोजक हिमालयन क्रिकेट एकेडेमी र २०७२ मा आयोजना भएको हिमालयन क्रिकेट लिगको विजेता धनगढी क्रिकेट एकेडेमीले खेल्ने पक्का भईसकेको आयोजकले बताएको छ।

खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोविन लिगका आधारमा हुने खेल पहिलो दिन ९६ ओभर खेल्नेछ । पहिलो इनिङ्स ब्रेक ६० ओभरको हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ०९ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै