अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि हुने « Khabarhub

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि हुने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको सहयोगमा नेपालमा पहिलो पटक “योनेक्स – सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९” हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी ब्याटमिन्टन बुधबारदेखि काठमाडौंमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाललगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगलतर्फ प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पुरुष एकलमा विश्व बरियतामा ५८ औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने महिला एकलमा ३८ औं बरियताकी खेलाडीले प्रतिस्पर्धा गर्ने छिन् । यस्तै पुरुष युगलमा २७ औं, महिला युगलमा ३३ औ र मिक्स युगलमा ४४ औं स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

करिब ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरुबाट सहयोग जुटाईनेसमेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

च्यालेन्जमा पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८, ७५ युएस डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन् ।

यस्तै पुरुष/महिला तथा मिश्रित युगल तर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेस्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन् ।

खेलाडी तथा अफिसियलको खाने बस्ने ब्यवस्था आयोजक आफैले गर्नेसमेत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : २५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान