उपनिर्वाचनको अन्तिम नामावली सार्वजनिक, कहाँ कति जना उम्मेदवार ? « Khabarhub

उपनिर्वाचनको अन्तिम नामावली सार्वजनिक, कहाँ कति जना उम्मेदवार ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवार्चन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

कास्की प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । तर आइतबार स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएसँगै सो क्षेत्रमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना स्वतन्त्र उम्मेदवार छन् भने ११ जना राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

आयोगका अनुसार भक्तपुरको प्रदेश–१ को (क)मा ९ जना दलबाट र १० जना स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी बाग्लङको प्रदेशसभामा ८ जना दलबाट र २ जना स्वतन्त्र गरी १० जना चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, १४ जना उम्मेदवार चुनावी मैदानमा छन् जसमा १२ जना राजनीतिक दलबाट र २ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले