सोमबार बैकुन्ठ चतुर्दशी, यो तिथिमा भगवान शिवले सृष्टिको भार विष्णुलाई सुम्पने « Khabarhub

सोमबार बैकुन्ठ चतुर्दशी, यो तिथिमा भगवान शिवले सृष्टिको भार विष्णुलाई सुम्पने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कात्तिक मासको शुक्ल पक्षको चतुर्दशी सोमबार २५ गते अर्थात ११ नोभेम्बरमा परेको छ । यसलाई बैकुन्ठ चतुर्दशी पनि भनिन्छ । यो दिन भगवान विष्णु तथा शिवजीको विशेष पूजा गरिन्छ ।

देवशयनी एकादशी अर्थात चतुर्मासको सुरुवातमा भगवान विष्णुले सृष्टिको भार भगवान शिवलाई सुम्पेर आफूले विश्राम लिने धार्मिक मान्यता रहेको छ ।

यो चार महिना सृष्टिको सञ्चालन शिवजीले गर्ने छन् । देवउठनी एकादशीमा भगवान विष्णु जाग्ने र बैकुन्ठ चतुर्दशी तिथिमा भगवान शिवजीले सृष्टिको भार फेरि विष्णुलाई सुम्पने विश्वास गरिन्छ ।

यो दिन शिवजी र विष्णुको विशेष पूजा गरे लाभ मिल्ने धार्मिक विश्वास रहेको छ ।

१. बैकुन्ठ चतुर्दशीमा बिहान तथा साँझ गणेश भगवानको पूजा गर्नुहोस् । यसपछि भगवान विष्णुको प्रतिमा तथा शिव लिङ्गको पूजा गर्नुहोस् । भगवान विष्णुलाई केसर, चन्दन मिसाएको जलले स्नान गर्दिनुहोस् । चन्दन, पहेलो वस्त्र, पहेलो फूल पनि चढाउनुहोस् ।

२. शिव लिङ्गलाई दूध मिसाएको जलले स्नान गरेपछि सेतो फूल, अक्षता, बिल्वपत्र चढाउनुहोस् । दुवै भगवानलाई कमलको फूल अर्पित गर्नुहोस् ।

३. दुवै देउतालाई दूधबाट बनेको मिठाइको भोग लगाउनुहोस् । दीप वा धुप जलाउनुहोस् । आरती गर्नुहोस् । यसका साथै मन्त्रको जाप पनि गर्नुहोस् ।

यसका लागि तपाईंले यी मन्त्र उच्चारण गर्नु भयो भने तपाईंले गरेको प्रार्थना तथा भक्तिभाव अझ प्रभावकारी हुनेछ ।

विष्णु मन्त्र

पद्मनाभोरविन्दाक्ष: पद्मगर्भ: शरीरभूत्। महर्द्धिऋद्धो वृद्धात्मा महाक्षो गरुडध्वज:।।
अतुल: शरभो भीम: समयज्ञो हविर्हरि:। सर्वलक्षणलक्षण्यो लक्ष्मीवान् समितिञ्जय:।।

शिव मन्त्र

वन्दे महेशं सुरसिद्धसेवितं भक्तै: सदा पूजितपादपद्ममम्।
ब्रह्मेन्द्रविष्णुप्रमुखैश्च वन्दितं ध्यायेत्सदा कामदुधं प्रसन्नम्।।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : १४ बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी