उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने विश्वास | Khabarhub Khabarhub

उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने विश्वास


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् ।

खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचनलाई नमूनायोग्य बनाउने दाबी गरे। यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि यो पटक घटाएको बताउँदै उहाँले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए।

मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाध्यक्षका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’