सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ « Khabarhub

सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित मितिमा नै आयोजना हुने बताएका छन् ।

साग प्रचार प्रसार समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै प्रतियोगिता गर्ने निर्णय गरेको स्पष्ट पारे ।

तयारीका बारेमा जानकारी लिन नेपाल आएको आएको दक्षिण एशियाली ओलम्पिक कमिटी तथा सेभ दि मिसनको टोलीले साग आयोजनास्थलको निरीक्षण गरेको बताउँदै श्रेष्ठले भने, “नेपालको तयारीप्रति उनीहरु विश्वस्त भएका छन्, सरकारले उनीहरुका जिज्ञासालाई स्पष्ट पारेको छ । शतप्रतिशत साग निर्धारित मितिमा हुन्छ ।”

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका श्रेष्ठले सन् १९८४ मा नेपालबाट नै साग खेलकूदको शुरुआत भएकाले पनि प्रतियोगिता नेपालीका लागि गौरव र प्रतिष्ठानको विषय भएकाले भव्यताका साथ सफल बनाउन ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दुई-तीन वटा खेलका बाहेक सबै पूर्वाधार निर्माणको कार्य सकिएको बताउँदै प्रतियोगिता अघि सबै पूर्वाधार तयार भइसक्ने उल्लेख गरे ।

दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने काम बाँकी रहेकाले चार दिनभित्रमा चीनबाट एयर काग्रो गरी छानो ल्याएर छाइने बताउँदै उहाँले पोखरा फुटबल रङ्गशालाका लागि आवश्यक प्यारापिटको सामान बन्दरगाहमा आइसकेकाले साग अगाडी १० हजार दर्शक क्षमताको रङ्गशाला तयार हुने स्पष्ट पारे ।

सागमा नेपाली टोलीको प्रदर्शनमा सुधार ल्याउन विदेशी प्रशिक्षक, वैदेशिक अभ्यास तथा विभिन्न मैत्रीपूर्ण खेलमा जोड दिएकाले टोलीको प्रदर्शनमा सुधार आएको बताउँदै सिलवालले प्रतियोगितामा दोस्रो बन्ने आफूहरुको तयारी रहेको उल्लेख गरे ।

सागमा कूल २८ खेल हुने जानकारी दिँदै उहाँले १८ वटा राजधानी, नौ वटा पोखरा तथा एक वटा खेल जनकपुरमा हुने जानकारी दिए । केही देशमा प्याराग्लाइडिङ खेलाडी नभएको तथा कतिपयमा खेल सङ्घ नहुँदा प्रतियोगितामा प्याराग्लाइडिङ नहुने आशङ्का रहे पनि आफूहरुले प्रतियोगिताका सबै खेल सञ्चालनका लागि प्रयास गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ३० बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस