नेप्से परिसूचक आइतबार ओरालो « Khabarhub

नेप्से परिसूचक आइतबार ओरालो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले सुधार भएको छ । सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४९.०१ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएको छ । कूल १६३ कम्पनीको १० लाख आठ हजार ८०९ कित्ता शेयर रु २९ करोड ३१ लाख ४९ हजार ४४ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.२६, होटल १५.०१, विकास बैंक २.१५, जलविद्युत् ७.२, जीवन बीमा ३९.३७ र सामूहिक लगानी कोष ०.११ विन्दुले घटेको छ ।
यस्तै वित्त ०.६८, निर्जीवन बीमा २.८३, उत्पादन ९.६७, अन्य ५.६८ र लघुवित्त ४.०१ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर कूल रु पाँच करोड ७४ लाख ३१ हजार ७१९ मा कारोबार भयो । यस्तै प्रभु बैंक रु दुई करोड ७५ लाख ४७ हजार ८३२, नेपाल बैंक रु दुई करोड ११ लाख १४ हजार ९९०, माछापुच्छ्र«े बैंक रु एक करोड १३ लाख ५५ हजार १३०, एनआइसी एशिया बैंक रु एक करोड सात लाख ९२ हजार ८६ र नबिल बैंकको शेयर रु ७६ लाख ७४ हजार ४४१ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाउँदा युनियन हाइड्रो पावर ३.८५, खानीखोला हाइड्रोपावर ३.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था २.९०, गुर्खाज फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । त्यस्तै रैराङ हाइड्रो पावर ४.८०, तारागाउँ रिजेन्सी होटल ३.५५, सिन्धु विकास बैंक ३.१७, पाँचथर पावर ३.१२ र अरुण काबेली पावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ३७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये