मञ्जुको पीडा : विदेशमा श्रीमान बिते, परिवार कसरी धान्ने ? « Khabarhub

मञ्जुको पीडा : विदेशमा श्रीमान बिते, परिवार कसरी धान्ने ?


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सप्तरीका भोगेश्वर रामको दुई महिना अघि मृत्यु भयो । विवाह गरेको १८ महिनापछि राम वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

केहि दिनपछि घर फर्कने खुसीमा रहेको उनको परिवार मृत्युको खबरले भावविह्ल भयो । सानी छोरी बोकेर सहयोग खोज्दै वेदेशिक रोजगार प्रबद्र्धन बोर्ड आएकी उनकी पत्नी मञ्जुले राम्रोसँग बोल्नै सकिनन् । भन्छिन्, ‘म र उहाँको नासोका रुपमा रहेकी छोरी अब कसरी हुर्काउने ?’

मञ्जु हाल २२ वर्षको मात्र भइन । उनको विवाह १८ वर्षको उमेरमा भएको थियो । दुई महिनाअघि मलेसियामा मृत्यु भएका श्रीमानको क्षतिपूर्ति लिन ३ वर्षकी छोरी बोकेर उनी बोर्डमा आएकी थिइन । मञ्जु राम्रोसँग बोल्दिनन् । कसैले बोलायो भने मात्र जवाफ दिन्छिन् । श्रीमानको मृत्युपछि बाँच्ने आधार सकिएको र छोरी भएर मात्र आफु बाँचेको मञ्जुले बताइन ।

‘२२ वर्षको उमेरमा भाग्य टुट्टो । एउटी छोरी छे कसरी पाल्ने । मसँग केही सीप छैन । बाँकी उमेर कसरी बिताउने हो । श्रीमान नै नभएपछि परिवारले पनि राम्रो गदैनन् होला । श्रीमानको मृत्युपछि नारकीय जीवन जिउन वाध्य हुनपर्छ,’ उनले भनिन ।

‘एक्लै भए त सामान्य काम गरेर नी बाँच थिए होला । तर, साथमा तीन वर्षकी छोरी नि छे उसलाई कसरी पढाउन र हुकाउहु भने चिन्ताले सताउँछ । आफनोभन्दा छोरीका चिन्ताले रातदिन पिरोल्छ ।’

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई ७ लाख क्षतिपूर्ति दिदै आएको छ । वैदेशिक रोजगारीमा जाँदा १३ लाखको बीमा गरेको हुन्छ । मञ्जुका श्रीमान जस्ता वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७ सयले ज्यान गुमाउने गरेको बोर्डको तंथ्याकमा छ ।

विभिन्न कारणले श्रीमान गुमाएर एकल हुन पुगेका महिलाहरु घरेलु र सामाजिक हिंसाको दोहोरो चपेटामा पर्ने गरेका छन् । सामाजिक हिंसा हुने डरले एकल महिला पनि रोजगारीको खोजीमा विदशिने गरेका छन् ।

यस्तै सामाजिक हिंसामा पर्ने डर भएको मञ्जुले बताउछिन् । एकल महिला भएर समाजमा बाच्न मुश्किल हुने उनले बताइन । ‘एकातिर श्रीमान गुमाएको पीडा अर्कातिर घरेलु हिंसामा पर्ने डर छ । श्रीमान नभएपछि परिवारले पनि दुई चार दिन मात्र राम्रो गर्छन होला । त्यसपछि कता जानु होला । छोरी पनि भएको भए म बाँच्ने नै थिइँन होला । श्रीमान नभएका महिलाले समाजमा धेरै पीडा र समस्या भोगेको देखेका छु’ उनले दुखेसो सुनाइन् ।

‘सम्पतिका नाममा दुई कठ्ठा जग्गा छ । त्यसमा पनि केही उत्पादन हुदैन् । अब बनिबुत्तो गरेर गुजारा गर्नुपर्छ । हातमा केही सीप छैन । विहे गरेको १८ महिनामा श्रीमान विदेशिए । उनको आनीबानी त राम्रो थाहा थिएन । अब त कहिले थाहा पाउँदिन ।’

मञ्जु जस्ता धेरै महिलाले वैदेशिक रोजगारीका क्रममा श्रीमान गुमाएका छन् । सरकारले यसरी श्रीमान गुमाएका महिला केही सुविधा दिएको छैन । जसका कारण उनीहरुको जीवन कष्टकार बन्ने गरेको छ ।

मलेसियामा मृत्यु भएका श्रीमानले त्यहाँबाट केही क्षतिपूर्ति नपाएको मञ्जुको गुनासो छ । मलेसियामा के भएर मृत्यु भयो थाहा छैन । तर, बिरामी भएर मृत्यु भएको खबर आएको उनको भनाइ छ । अघिल्लो रात सन्चै छु भनेर फोनमा कुरा भएको थियो । तर, भोलि पल्ट एक्कासी मृत्यु भएको खबर आएको मञ्जुले बताइन ।

घरको मुख्य मान्छेको मृत्युपछि एकल महिलाहरुमा पारिवारिक जिम्मेवारीको वोझ समेत थपिने गरेको छ । यस्ता महिलाहरु घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलको भाडा माझने तथा गिट्टी कुटने रोजगारी गरेर दैनिक गुजारन् बाध्य हुन्छन् ।

श्रीमान गुमाएका महिलाको जीवन थप कष्टकर बने गरेको छ । गरीबीा कारण विदेश जान वाध्य उनीहरु असुरक्षित र जोखिमपूर्ण काम गर्न वाध्य हुदै आएका छन । असुरक्षित र जोखिमपूर्ण कामका कारण वर्षेनी ७ सयभन्दा धेरैले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा हुने मृत्युका कारण सरकारले खोज्न सकेको छैन् । जसका कारण समस्या जटिल बन्दै गएको छ । विदेशमा हुने मृत्युदर रोक्न सरकारले केही प्रयास गर्ने सकेको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : ३४ बजे

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ