इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप « Khabarhub

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई पुरुषलाई फाँसी दिएको छ । इरानी न्यायालयको ‘मिजान अनलाइन वेबसाइट’का अनुसार मोहमद–अमीन बिग्लारी र शाहिन वाहेदपरस्त जनवरी सन् २०२६ मा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।

सर्वोच्च अदालतले आफ्नो फैसला पुनः पुष्टि गरेपछि फाँसी कार्यान्वयन गरिएको जनाइएको छ ।

विरोध प्रदर्शनहरू सुरुमा आर्थिक असन्तुष्टिका कारण थियो तर चाँडै राष्ट्रव्यापी विरोधमा परिणत भए । जनवरी ८ र ९ मा विरोधको चरमउत्कर्ष पुगेको थियो । 

इरानी अधिकारीहरूले ती विरोधहरू शान्तिपूर्ण सुरु भए तापनि पछि ‘विदेशले उक्साएको हिंसात्मक विद्रोह’ मा परिणत भएको दाबी गरेका छन्, जसमा हत्याकाण्ड र तोडफोड समावेश थियो ।

इरानले विगत केही दिनमा प्रदर्शन वा विपक्षी समूहसँग सम्बन्धित धेरै व्यक्तिहरूलाई फाँसी दिएको छ, जसमा निषेधित पीपुल्स मुजाहिदिन (एमईके) का सदस्यहरू पनि छन् । 

यस घटनाक्रमले इरान–इजरायल–संयुक्त राज्य अमेरिका युद्धको पृष्ठभूमिमा आएको थप तनावलाई देखाउँछ । उक्त युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो र यसमा इरानी सर्वोच्च नेता अली खामेनी मारिएका थिए ।

इरानी अधिकारीहरूले प्रदर्शनमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा सुरक्षाकर्मी र सर्वसाधारण दुबै छन्, र यसलाई ‘आतङ्कवादी कार्य’ भनी ठहराएको छ । 

तर अमेरिकी आधारित मानवअधिकार संस्था ‘एचआरएएनए’ ले सात हजार भन्दा बढी मृत्युकाण्ड रेकर्ड गरेको छ र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ४९ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय