निमोनियाबाट कसरी बचाउने बालबालिका? « Khabarhub

निमोनियाबाट कसरी बचाउने बालबालिका?


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबालिकाको मुत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरुबाट हुने गर्दछ ।

एक तथ्यांकका अनुसार संसारभर करिब १६ लाख बालबालिकाहरु निमोनियाबाट मात्रा मृत्यु भएको देखिन्छ । निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युको एउटा प्रमुख कारण हो ।

५ वर्ष मुनिका बालबालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्युको कारण निमोनिया हो । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । निमोनियाबाट बालबालाईलाई समयमै नजोगाएमा सन् २०३० सम्ममा विश्वभर १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।

के हो निमोनिया ?

निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने कोखा हाल्ने समस्या हुन्छ । कडा निमोनियाले बालबालिकाको मृत्यु समेत हुनसक्छ ।

निमोनियाबाट हुने मृत्युदर कम गर्न के गर्ने ?

– जन्मेदेखि ६ महिनासम्मका बालबालिकालाई आमाको दुध मात्र खुवाउने,

– ६ महिनापछि आमाको दुधको साथै थप खाना पनि खुवाउने,

–नियमित खोपहरु लगाउने,

–नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने,

–बालबालिकालाई धुवा, धुँलो, धुम्रपान बाट टाढा राख्ने ।

निमोनियाको उपचार शीघ्र र सही औषधिबाट गर्नुपर्छ । सही समयमा निमोनियाको उपचार गरिएमा निमोनियाबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : १४ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक