बालबालिकाको दुधे दाँत क्यान्सर र मुटु सम्बन्धी रोगको दबाई ! « Khabarhub

बालबालिकाको दुधे दाँत क्यान्सर र मुटु सम्बन्धी रोगको दबाई !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बालबालिकाको दुधे दाँत पनि काम लाग्न सक्छ भन्ने कुरा तपाईलाई पत्यार नलाग्न सक्छ । प्राय मानिसहरुले बालबालिकाको दूधे दात झर्ने वित्तिकै फाल्ने गर्छन् ।

एक अध्ययनले दूधे दात भविष्यमा काम लाग्ने, जटिल रोगको दबाईका रुपमा उपयोग हुने देखाएको छ । अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाहरुको टुट्ने दुधे दाँत सँगालेर राखे भविष्यमा धेरै लाभदायी हुन सक्ने देखाएको हो । उक्त अध्ययनमा सानोमा टुट्ने दाँतमा भएको ‘स्टेम सेल’ ले क्यान्सर र मुटुसम्बन्धी रोगको उपचार हुन सक्ने देखाएको हो ।

अनुसन्धानकर्ताका अनुसार बढी उमेरका मान्छेहरुको तुलनामा बच्चाहरुको दाँत वातावरणमा धेरै समयसम्म सम्पर्कमा नरहने हुनाले खराब भएका हुँदैनन् ।

दाँतमा भएको ‘स्टेम सेल’ को सहयताले शरीरमा सजिलै नयाँ कोशिका निर्माण गर्न सक्छ । बच्चाहरुका दाँतबाट पाइने स्टेम सेल उपचारका लागि एकदमै राम्रो सावित हुन सक्छ जसले गर्दा ‘बोनम्यारो’ निकाल्नै पर्दैन ।

दाँतमा रहेको स्टेम सेल को खोज र त्यसमाथि गरिएको शोधकार्य अहिले प्रारम्भिक चरण रहेको छ । तर भविष्यमा यसको मदतले क्यान्सरको उपचारका साथै हृदयघात कम गर्नमा सहयोग गर्न सक्छ । त्यसैगरी दाँतमा पाइने स्टेम सेलले हाडको, आँखाको तन्तु निर्माण गर्न सक्छ । यो स्टेम सेल १० वर्षको बच्चाको दाँतबाट पाइन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ०६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्