भ्रमण वर्षमा सघाउने विदेशी एयरलाइन्स कम्पनीको प्रतिवद्धता « Khabarhub

भ्रमण वर्षमा सघाउने विदेशी एयरलाइन्स कम्पनीको प्रतिवद्धता


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको बताएका हुन् ।

सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको सङ्गठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का पदाधिकारीसहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे विदेशी एयरलाइन्सहरूलाई जानकारी गराउँदै विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुमा भम्रण वर्षको विशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरेका थिए । उनले नेपाल आउने पर्यटकरुका निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे ।

मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२० सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रदर्शनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्षका बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखिदिन आग्रह गरेका थिए ।

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको समेत बताए ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए । बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का अध्यक्ष टङ्कनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्यासमेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए ।

बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : २२ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी