लोक सेवाले खुलायो १ हजार बढी अधिकृतका लागि विज्ञापन (विज्ञापन सहित) « Khabarhub

लोक सेवाले खुलायो १ हजार बढी अधिकृतका लागि विज्ञापन (विज्ञापन सहित)


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाएको हो ।

यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।

गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष बढी संख्यामा माग गरिएको आयोगले जनाएको छ ।

आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ३६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका