साग विजेता खेलाडीका लागि आज ‘विशेष प्याकेज’ घोषणा गरिने « Khabarhub

साग विजेता खेलाडीका लागि आज ‘विशेष प्याकेज’ घोषणा गरिने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेता नेपाली खेलाडीलाई आज विशेष प्याकेज घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साग विजेता खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्ने भएका हुन् । आज नेपाली सबै पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

बालुवाटारमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बधाईसहित राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा विशेष सम्बोधन गर्ने भएका छन् ।

१३ औं सागका पदकधारी खेलाडीहरुलाई दिउँसो २ः१५ बजे वालुवाटार आमन्त्रण गरिएको छ ।

त्यसो त प्रतियोगिता शुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न पाएको थिएन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ९ : ३४ बजे

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६