विराजको कमब्याक: के चल्ला ‘साङ्लो’? « Khabarhub

विराजको कमब्याक: के चल्ला ‘साङ्लो’?


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म रिलिज हुन २ महिना बाँकी रहँदा निर्माण टिम भने फिल्मको प्रचारमा जुटिसकेको छ ।

फिल्म युनिटले केही हप्ताअघि ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरेको थियो । उक्त गीतले पछिल्लो समय चर्चा पाएको छ । गीत हेरेका दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया पाएको छ ।

बुधवार यो समाचार तयार पार्दासम्म १३ लाखभन्दा बढीले उक्त गीत हेरेका छन् । गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । लोकशैलीको यो गीतमा विराज भट्ट र निकिता चण्डकले कम्मर मर्काएका छन् ।

यो फिल्मबाट विराज मात्र होइन । निकिता पनि उत्तिकै आशावादी छिन् । उनका लागि यो डेब्यु फिल्म पनि हो । फिल्ममा निकिताले कडा मेहनत गरेकी छिन् । पूर्वमिस नेपाल निकिताले शुरुमा यो फिल्म रिजेक्ट गर्न चाहेको तर फिल्मको कथा सुन्दै जाँदा मन परेको सुनाइन् ।

विराजका लागि पनि यो एक महत्त्वपूर्ण फिल्म हो । यही फिल्मबाट उनी नेपाली फिल्म उद्योगमा फर्कँदैछन् । त्यसो त विराज भोजपुरी फिल्म उद्योगमा क्रेज घट्दै गएपछि फेरि नेपाली फिल्म उद्योगमा फर्केको आरोप लाग्ने गर्छ ।

यसअघि विराजको क्रेज थियो । अहिले भने उनी पर्दामा नदेखिएको पनि लामो समय भइसकेको छ । यस अर्थले विराजका फ्यानले उनको फिल्म कुरिरहेका छन् । तर, फिल्म राम्रो नभए चल्ने भन्ने छैन । विराजले २ वर्षदेखि फिल्मका लागि मेहनत त गरिरहेका छन् तर फिल्म कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ ।

यद्यपि यो फिल्म विराज र निकिता दुवैको करिअरका लागि विशेष महत्त्वपूर्ण छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ०० बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस