विराजको कमब्याक: के चल्ला ‘साङ्लो’? « Khabarhub

विराजको कमब्याक: के चल्ला ‘साङ्लो’?


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म रिलिज हुन २ महिना बाँकी रहँदा निर्माण टिम भने फिल्मको प्रचारमा जुटिसकेको छ ।

फिल्म युनिटले केही हप्ताअघि ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरेको थियो । उक्त गीतले पछिल्लो समय चर्चा पाएको छ । गीत हेरेका दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया पाएको छ ।

बुधवार यो समाचार तयार पार्दासम्म १३ लाखभन्दा बढीले उक्त गीत हेरेका छन् । गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । लोकशैलीको यो गीतमा विराज भट्ट र निकिता चण्डकले कम्मर मर्काएका छन् ।

यो फिल्मबाट विराज मात्र होइन । निकिता पनि उत्तिकै आशावादी छिन् । उनका लागि यो डेब्यु फिल्म पनि हो । फिल्ममा निकिताले कडा मेहनत गरेकी छिन् । पूर्वमिस नेपाल निकिताले शुरुमा यो फिल्म रिजेक्ट गर्न चाहेको तर फिल्मको कथा सुन्दै जाँदा मन परेको सुनाइन् ।

विराजका लागि पनि यो एक महत्त्वपूर्ण फिल्म हो । यही फिल्मबाट उनी नेपाली फिल्म उद्योगमा फर्कँदैछन् । त्यसो त विराज भोजपुरी फिल्म उद्योगमा क्रेज घट्दै गएपछि फेरि नेपाली फिल्म उद्योगमा फर्केको आरोप लाग्ने गर्छ ।

यसअघि विराजको क्रेज थियो । अहिले भने उनी पर्दामा नदेखिएको पनि लामो समय भइसकेको छ । यस अर्थले विराजका फ्यानले उनको फिल्म कुरिरहेका छन् । तर, फिल्म राम्रो नभए चल्ने भन्ने छैन । विराजले २ वर्षदेखि फिल्मका लागि मेहनत त गरिरहेका छन् तर फिल्म कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ ।

यद्यपि यो फिल्म विराज र निकिता दुवैको करिअरका लागि विशेष महत्त्वपूर्ण छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ०० बजे

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ

गाडी गुड्न यसरी तयार हुँदैछ, गण्डकी र लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क