पीपीएलको खेल तालिका सार्वजनिक, पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल « Khabarhub

पीपीएलको खेल तालिका सार्वजनिक, पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने भएको छन् ।

बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल शनिबार साढे ११ बजे उद्घाटन खेल हुनेछ ।

उद्घाटनसहित ९ दिन लिनको एक खेल हुनेछ भने ४ दिन दिनको ४ खेल हुने तालिका रहेको छ ।

खेल बिहान ११ बजे सुरु हुनेछ भने दुई खेल हुने दिन बिहान ९ बजेसुरु हुने दोस्रो खेल पौने १२ बजे सुरु हुने तालिका रहेको छ ।

प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिम रहेका छन् । प्रतियोगिता मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंंगशालास्थित क्रिकेट मेदानमा हुनेछ ।

लिग सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ ।

दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।

पोखरा पल्टन, विराटनगर टाइटन्स, एक्सपर्ट धनगढी ब्लुज, बुटबल ब्लास्टर्स, चितवन राइनोज रहेका छन् । अघिल्लो संस्करण घरेलु टोली पोखरा पल्टनले उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : १७ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ