पीपीएलको खेल तालिका सार्वजनिक, पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल « Khabarhub

पीपीएलको खेल तालिका सार्वजनिक, पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने भएको छन् ।

बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल शनिबार साढे ११ बजे उद्घाटन खेल हुनेछ ।

उद्घाटनसहित ९ दिन लिनको एक खेल हुनेछ भने ४ दिन दिनको ४ खेल हुने तालिका रहेको छ ।

खेल बिहान ११ बजे सुरु हुनेछ भने दुई खेल हुने दिन बिहान ९ बजेसुरु हुने दोस्रो खेल पौने १२ बजे सुरु हुने तालिका रहेको छ ।

प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिम रहेका छन् । प्रतियोगिता मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंंगशालास्थित क्रिकेट मेदानमा हुनेछ ।

लिग सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ ।

दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।

पोखरा पल्टन, विराटनगर टाइटन्स, एक्सपर्ट धनगढी ब्लुज, बुटबल ब्लास्टर्स, चितवन राइनोज रहेका छन् । अघिल्लो संस्करण घरेलु टोली पोखरा पल्टनले उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : १७ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम