७ सय ४१ स्थानीय तहमा बैंकका शाखा, ६२ प्रतिशत नेपालीको पहुँच | Khabarhub Khabarhub

७ सय ४१ स्थानीय तहमा बैंकका शाखा, ६२ प्रतिशत नेपालीको पहुँच


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा शाखा विस्तार गर्दै लगेका छन् । नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बैंकको पहुँच पुर्‍याउन निर्देशन दिएसँगै बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा दिन थालेका हुन् ।

यससँगै सर्वसाधारणमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार भइरहेको छ । नेपालको कुल जनसंख्याको ६२ प्रतिशतमा बैकिङ पहुँच पुगेका छ । सुरु सुरुमा ग्राहक बैंकमा धाउनुपर्ने स्थिति थियो भने,  अहिले बैंक ग्राहक कहाँ जाने ‘ट्रेन्ड’ स्थापित भएको छ । बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धात्मक उपस्थितिको उपज हो यो । जसले गर्दा साना व्यवसायी, उद्यमी र निक्षेपकर्तालाई सहज बनाइदिएको छ । क्षेत्रगत रुपमा स्थानीय तहमा बैंकको पँहुच जसरी बढ्दै छ, जनसंख्याका आधारमा पनि बैंकको पहुँच बढ्दै गएको छ ।

सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउने अभियानमा लागेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘अझै १० प्रतिशत स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ उनले भने–‘नपुगेका बाँकी ठाउँमा पनि पुर्‍याउने छौ । अहिले देशको कुल जनसंख्यको ६२ प्रतिशतमा बैकिङ सेवा पुगेको छ ।’

कुन स्थानीय निकायमा, कति बैकको शाखा 

कुन स्थानीय तहमा कुन बैकले शाखा विस्तार गर्ने भने अहिले होडबाजी चलेको छ । पछिल्लो समय शाखा विस्तारलाई बैंकहरुले तीव्रता दिइरहेका छन् ।

सम्बन्धित क्षेत्रमा अर्को बैंकभन्दा आफ्नो बैंकको उपस्थिति मजबुत बनाउने ध्याउन्नमा बैंक लागिरहेका छ । गत एक वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखा थपिएका छन् । कुल ७५३ स्थानीय तहहरुमध्ये ७४१ तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेका छन् ।

खासगरी स्थानीय तहको निर्वाचनपछि बैंकहरुले शाखा खोल्ने कामलाई दु्रत गतिमा बढाउन पुगेका हुन् । सरकारले स्थानीय तहको संरचना ल्याएसगैँ राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पुर्याउन निर्देशन दिएको थियो ।

फागुनसम्ममा सबै वाणिज्य बैंकले ३३०५ शाखा खोलिसकेका छन् । भने बैंक नपुगेका स्थानीय तहमा अझै खोल्दै जाने क्रममा बैंक छन् । संघीय संरचना अनुसार ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ सय ४१ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अझै १२ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।

कुन प्रदेशमा कति ?

प्रदेश स्तरमा बैकहरु विस्तार हुने क्रम पनि जारी छ । क, ख र ग वर्गका बैकले आफनो पहुँच प्रदेशमा बढाउदै लगेको देखिन्छ ।
प्रदेश १ मा १ सय ३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । प्रदेश २ मा १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा बैकका शाखा पुगेका छन् ।

प्रदेश ३ मा ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैकका शाखा पुगेका छन् ।

गण्डकी प्रदेश मा ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैकका शाखा पुगेका छन् ।

प्रदेश ५ मा १०९ स्थानीय तहमा सबै स्थानीय तहमा शाखा पुगेका छन् ।

कर्णाली प्रदेशमा ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैकका शाखा पुगेका छन् ।

त्यस्तै गरि सुदूरु पश्चिम प्रदेशमा ८८ स्थानीय तहमध्य ८३ स्थानीय तहमा बैकका शाखा पुगेका छन् । भने ५ स्थानीय तहमा पुुग्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ३७ बजे

मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन

काठमाडौं– आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम

फिल्म ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै