विदेशी ह्याकरका ४० नेपाली एजेन्टले गरे १४ करोड ६७ लाखको कारोबार, तीन जना पक्राउ « Khabarhub

विदेशी ह्याकरका ४० नेपाली एजेन्टले गरे १४ करोड ६७ लाखको कारोबार, तीन जना पक्राउ



काठमाडौं– प्रहरीले भाइवर, ह्वाट्एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जालहरु प्रयोग गरि करोडौं रकम ठगी गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरुमा ह्याक गर्ने गिरोहका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनीहरुलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाइ लामोसमयदेखि सामाजिक सञ्जालमार्फ करोडौं रुपैयाँ ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

जसमा संलग्न भएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोलखाको फुलुवाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका–१७ का ३७ वर्षीय विशेश्वर प्रसाद तिवारी र नवलपरासी रामग्राम नगरपालिका १७ कै  १९ वर्षीय सन्दिप कलवार रहेका छन् ।

विदेशमा बसेर नेपालमा ठगी

प्रहरीका अनुसार नाइजेरियन र भारतीय नागरिकहरुले भारतको दिल्ली, मुम्बइ, पाकिस्तान, चीन, तान्जानिया इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरुलाई एजेन्ट बनाइ लामो समयदेखि भाइबर, ह्वाट्एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्दै आएका थिए ।

अनलाइनको माध्यमबाट चिट्ठा परेको, पार्सल आएको भन्दै प्रलोभनमा पारि करोडौं रकम ठगी गर्नुका साथै नेपालका बैंक तथा वित्तीय संस्थाहरुसमेत ह्याक गरी उक्त ठगी तथा ह्याक गरेको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मार्फक कारोबार गर्ने गरिएको प्रहरीको भनाइ छ ।

ठगी गरिएको उक्त रकमको १५ देखि २० प्रतिशत रकम नेपाली एजेन्टलाई दिइ बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य बैंक तथा वित्तीय संस्थाहरुसमेत ह्याक भएको हुन सक्ने सम्भावना रहेका थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रहरीका अनुसार कृषि विकास बैंक, पानश रेमिट ह्याक भएका थिए । जसका लागि विभिन्न १७ वटा बैंक प्रयोग भएका थिए ।

बैंक अफ काठमाडौं, प्रभु वैंक, मेगा बैंक, हिमालयन, सनराइज, सिटिजन लगायतका बैंकको खाता प्रयोग ह्याकरहरुले गरेको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाकाका अनुसार विदेशमा रहेको गिरोहले नेपाली एजेन्टलाई विभिन्न बैंकमा खाता खोल्न लगाएर कारोबार गर्ने गरेका थिए । एउटै एजेन्टबाट ६ वटा भन्दा बढी बैंक खाता खोल्न लगाइ कारोबार भएको देखिएको एसएसपी थापाको भनाइ छ ।

एसएसपी थापाका अनुसार ह्याकरको उक्त समूहले यस्तो कामका लागि ४० भन्दा बढी नेपाली एजेन्टहरु परिचालन गरेका थिए ।

प्रहरीका अनुसार हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैया शंकास्पद रुपमा कारोबार भएको देखिएको छ । यस्तै ३४ जना नेपाली अनलाईन ठगीमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।

१५ जना अनलाईन ठगीका पीडित सम्पर्कमा रहेको प्रहरीले जानकारी दिएको छ ।

एजेन्टहरुले ठगी गरेको रकम कारोबार गर्न प्रयोग भएका बैंकहरु समेत ह्याक भएको हुन सक्ने सम्भावना रहेकोले सो सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  २ : ०७ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज