राजधानीमा शुरु भयो किम्फ « Khabarhub

राजधानीमा शुरु भयो किम्फ


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आजदेखि शुरु भएको छ । किम्फको पहिलो दिन (आज) अमेरिकी निर्देशक एन्टोनेलो पाडोवानोले को फिल्म ‘द एसेन्ट अफ एभरेष्ट’ प्रदर्शन गर्दै फेस्टिभलको उद्घाटन गरियो ।

यो फिल्म ५३ मिनेट लामो छ । फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गर्दाको भिडियो देख्न सकिन्छ ।

महोत्सव १७ औं संस्करणको किम्फ राजधानीको राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा पाँच दिनसम्म चल्नेछ । किम्फमा २९ देशका ७९ फिल्म प्रदर्शन हुनेछन् ।

यसैगरी पहिलो दिन राष्ट्रिय सभागृहको हल ‘ए’ मा एन्टोनेलो पाडोवानोको फिल्मसँगै ग्रोलिङ माउन्टेन र जर्नी टु द सेन्टर अफ द हर्ट प्रदर्शन गरियो ।

त्यस्तै हल ‘बी’ मा एन इन्टरएक्टिभ स्टोरी टेलिङ सेसन अबाउट स्नो लियोपार्ड कन्जर्भेसन, लोएस्ट टु हाइट लगायत ७ फिल्म प्रदर्शन गरियो ।

फेस्टिभलको पहिलो दिन उल्लेख्य दर्शक र नेपाली र विदेशी फिल्ममेकरको उपस्थिति थियो । फेस्टिभल १५ डिसेम्बरसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ४४ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस