एक किलो चियापत्तीको मूल्य ८० हजार ! « Khabarhub

एक किलो चियापत्तीको मूल्य ८० हजार !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जाडो मौसम होस् या गर्मी नै किन नहोस्, चिया पिउने मानिसहरु धेरै हुन्छन् ।

चियाको लत लागेका मानिसहरु चियाविना बस्न सक्दैनन् । सामान्यतया चियाको मूल्य प्रतिकिलो ८० देखि १ सय सम्म पर्छ होला भन्ने मानिहरु बुझ्छन् । तर, भारतको आसाममा दुर्लभ ‘मनोहारी गोल्ड चिया’ अहिलेसम्मकै भारी मूल्यमा बिक्रि भएको छ ।

गुवाहाटी टी अक्शन सेन्टरमा एक किलो मनोहारी गोल्ड टी ८० हजार रुपैयाँमा बिक्रि भएको हो । पछिल्लो वर्ष यसै चिया एक किलोग्रामको ६२ हजारमा बिक्रि भएको थियो ।

यसभन्दा अघि सन् २०१८ मा अरुणाञ्चल प्रदेशको डोनी पोलो टी एस्टेटको एक किलो गोल्डन नीडल चिया ६४ हजारमा बिक्रि भएको थियो ।

गुवाहाटी टी अक्शन बायर एसोसिएशनका सचिव दिनेश बिनानीले सार्वजनिक अक्शनमा कुनै पनि चियाको यो सबैभन्दा बढि मूल्य हो ।

माथिल्लो आसाममा डिब्रुगढमा मनोहारी टी एस्टेटका मालिक राजन लोहियाले भने ‘यस प्रकारको चिया ५ किलो मात्र बनाइएको हो । यसलाई उत्पादन गर्न निक्कै गाह्रो हुन्छ । करिब ५ वर्षबाट यसको उत्पादन सुरु गरिएको हो ।’

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ४३ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक