पूर्व अर्थमन्त्री डा. महतको ‘ट्रायल्स, ट्रेमर्स एण्ड होप’ सावर्जनिक « Khabarhub

पूर्व अर्थमन्त्री डा. महतको ‘ट्रायल्स, ट्रेमर्स एण्ड होप’ सावर्जनिक


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व अर्थमन्त्री  डा रामशरण महतको नयाँ पुस्तक ‘ट्रायल्स, ट्रेमर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेमपोररी नेपाल’ सार्वजनिक भएको छ ।

बुधबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक सार्वजनिक गर्दै पुस्तकका विषमा चर्चा गरेका थिए । पुस्तकमा सबै कुरा समेटिएको भएपनि  पूर्वाधार विकासको नाममा वातावरणमा परेको असरको बारेमा  उल्लेख नभएको  तर्क गरे ।

उनले फरक प्रसंगमा चुरे दोहन भइरहेको सन्दर्भमा सरकारले पनि विकासको नाममा विनाश गर्नु नहुने बताए । उनले चुरे विनाश भएको भन्दै विकासको नाममा वातावरणमा असर पुर्‍याउनु नहुने धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुस्तकमा आफ्ना विचार व्यक्त गर्न नसकेको बताए । पुस्तक लेख्ने मान्छे आफ्नो धारणा राख्न डराउनु नहुने भन्दै नागरिकता तथा भूमि सुधार ऐनले नेपालको अर्थतन्त्रमा पारेको विषयमा त्यति धेरै उल्लेख नभएको तर्क गरे ।

अर्थविद् डा स्वर्णिम वाग्लेले पुस्तकले नेपालको अर्थतन्त्र सम्बन्धी सम्पूर्ण कुरा समेटिएको बताउँदै यो पुस्तक नेपाली अर्थतन्त्रबारे बुझ्न चाहनेको लागि एक दस्तावेज भएको बताए ।

महतले पुस्तकमा बहुदलीय, उदार र प्रजातान्त्रिक अर्थविकासको बारेमा समेत चर्चा गरेको र अबको अर्थतन्त्र कसरी चल्नुपर्छ भनेर थाहा पाउनको लागि पनि यो पुस्तक महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा डा. विन्दु लोहनी, कनक मणी दिक्षित, डा मिनेन्द्र रिजाल लगायतले पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।पुस्तक नेपालको अर्थ राजनीतिक अर्थ व्यवस्थाको बारेमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ०९ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि