अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर « Khabarhub

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । 

सनराइज पिक्चरले फिल्मको प्रचार अभियान सुरु गर्दै पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो । 

करिब एक मिनेट आसपासको टिजरले फिल्मको कथा भने खुलस्त गर्दैन, बरु त्यसको परिवेश, पात्र र प्रेमकथाका केही दृश्य देखाउँदै कौतुहलता बढाउने प्रयास गरेको छ ।

‘बाटुलो जून’को कथा अहिलेको समयभन्दा धेरै पछाडि पुग्छ । ३० को दशकको सामाजिक परिवेशमा आधारित फिल्मले त्यति बेलाको प्रेम, जीवनशैली र सामाजिक सोचलाई कथाको आधार बनाएको छ । 

मोबाइल, सामाजिक सञ्जाल र प्रविधिले प्रेमको शैली नै बदलिएको वर्तमान समयभन्दा फरक, फिल्मले त्यो समयको सरल र भावनात्मक प्रेमलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।

फिल्मको निर्देशन भुवन केसीले गरेका हुन् । ‘ड्रिम्स’मा आधुनिक प्रेमकथा प्रस्तुत गरेका भुवन यसपटक आफ्नै अभिनय यात्रासँग जोडिएको समयतर्फ फर्किएका छन् । उनी स्वयं पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् भने प्रिन्सी खतिवडाले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछिन् । बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्त पनि यसै फिल्ममार्फत नेपाली सिनेमामा पुनरागमन गर्दैछिन् ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ । जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा विवेक थापा सह–निर्माता छन् । 

राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको ‘बाटुलो जून’ले पुरानो समयको प्रेमलाई नयाँ पुस्ताले कत्तिको रुचाउँछ भन्ने चासो पनि बढाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ३४ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू