कमेडी च्याम्पियन: चर्चामा सुमन कोइराला « Khabarhub

कमेडी च्याम्पियन: चर्चामा सुमन कोइराला


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पछिल्लो समययता नेपालमा रियालिटी शोको लोकप्रियता बढ्दो छ । केही हप्तादेखि कमेडी रियालिटी शो कमेडी च्याम्पियन प्रदर्शनमा आएको छ । च्याम्पियनमा हास्य क्षेत्रमा मौका खोजिरहेका कमेडियनले सहभागिता जनाएका छन् ।

शोको चर्चा बढ्दै छ । मनोज गजुरेल, सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा छन् ।

इटहरीका सुमन कोइरालाको पनि चर्चा भइरहेको छ । ‘कमेडी च्याम्पियन’ को ‘टप–१५’ मा परेका सुमनको कमेडी शैलीलाई लिएर दर्शक उत्साहित भएका छन् । सुमन पनि कमेडी च्याम्पियनमा आफ्नो कला देखाउन पाउँदा खुशी व्यक्त गर्छन् ।

उनको प्रस्तुतिले निर्णायकलाई पनि खुशी तुल्याएको छ । उनको हास्य चेत र चोटिलो प्रहारलाई धेरैले रुचाएका छन् । निर्णायकले पनि सुमनले प्रस्तुत गर्ने विषयवस्तुलाई लिएर तारिफ गर्ने गर्छन् ।

एकै विषयवस्तुमा धेरै कुरा अटाउने उनको खुबीको तारिफ हुने गरेको छ ।

आयोजकले यो शो दर्शकले छोटो समयमा नै मन पराउँदै गएको बताएको छ । आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई मोबाइलमा इसेवा एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

नेपालमा पहिलोपटक शुरु भएको यो खाले कमेडी शोले चर्चा पाइरहेको छ । शोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् भने रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गरिरहेकी छिन् ।

कमेडी च्याम्पियन हुने विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : २६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर