जलपरी गौरिकाले पाउने भइन् ६५ लाख रुपैयाँ पुरस्कार « Khabarhub

जलपरी गौरिकाले पाउने भइन् ६५ लाख रुपैयाँ पुरस्कार


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जलपरी’ गौरिका सिंहले पुरस्कार स्वरुप सरकारबाट ६५ लाख रुपैयाँ पाउने भएकी छिन् ।

१३औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्यपदक प्राप्त गरेकी उनले सरकारले पुरस्कार घोषणा गरेअनुरुप ६५ लाख रुपैयाँ पाउने भएकी हुन् ।

त्यस्तै, दुई स्वर्ण जितेका तेक्वान्दो खेलाडी आयशा शाक्य, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र गल्फर सुवास तामाङले जनही २२ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै पुरुष फुटबल टिमले एक करोड २४ लाख पाउने भएको छ । खेलका स्वर्णपदक विजेतालाई एकमुस्ट ९ लाख र जनही पाँच लाख रुपैयाँ दिइने बताइएको छ ।

जसअनुसार स्वर्ण जितेको पुरुष फुटबल टिमले एक करोड २४ लाख रुपैयाँ पाउने भएका हुन् ।

स्वर्ण विजेता प्रशिक्षकका हकमा पाँच लाख रुपैयाँ दिने घोषणा गरिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : २३ बजे

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।