लैङ्गिक हिंसाविरूद्धको अभियान चलिरहँदा हिंसाका ५८ घटना सार्वजनिक « Khabarhub

लैङ्गिक हिंसाविरूद्धको अभियान चलिरहँदा हिंसाका ५८ घटना सार्वजनिक


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा मुलुकभरि महिला तथा बालबालिका हिंसाका ५८ घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको प्रतिवेदनमा मङ्सिर ९ देखि २४ गतेसम्मको लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा २५ महिला र ३३ बालबालिका पीडित भएको उल्लेख छ ।

प्रतिवेदनमा नौ जना महिलासहित २७ जना बलात्कारबाट पीडित भएका छन् । सो अवधिमा दैनिक दुई जनाभन्दा बढी महिला तथा बालिका यौनजन्य हिंसाबाट पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार यौन दुव्र्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० र बलात्कार प्रयासका घटनामा ६ महिला पीडित भएका छन् ।

सो अवधिमा बेचबिखन प्रयासमा दुई महिलासहित तीन बालिका, बेचबिखन घटनामा तीन बालिका र बोक्सीको आरोपमा दुई महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । अभियानको क्रममा परिवारकै सदस्यबाट तीन महिला र एक जना बालिकाको हत्या हुनुको साथै अछाममा एक महिलाको छाउगोठमा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा ‘अन्तर पुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सञ्चालन भएको थियो । लिङ्गका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै गएको पनि सो प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक, सांस्कृतिक मान्यतामा आधारित कुरीतिजन्य अभ्यासका कारण महिलाहरूमाथि बोक्सीको आरोपमा हुने हिंसा, महिनावारी भएको बेला गरिने विभेद्, दाइजोका कारण गरिने मानसिक तथा शारीरिक यातना, बालविवाह, गर्भपतन जस्ता घटना हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

दण्डहीनताको संस्कृति, पुरातन सोच, लैङगिक मैत्री न्याय प्रणालीको विकास नहुनुजस्ता कारणले महिलामाथि हुने हिंसाका घटनामा बढोत्तरी भइरहेका इन्सेकले जनाएको छ । पीडित र साक्षीको सुरक्षाका संयन्त्र नहुँदा पीडितहरू न्याय पाइन्छ भन्ने कुरामा विश्वस्त हुन नसकेका उल्लेख गरिएको छ ।

परिवारजनबाट महिलामाथि हुने धेरैजसो घटनालाई परिवारमै गुपचुप राख्ने वा गाउँ समाजमै मिलाउने परम्परा, धेरैजसो घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने कार्य पनि भइरहेका र प्रहरी कार्यालयसम्म पुगेका उजुरीलाई मेलमिलापका नाममा सामसुम पार्ने कार्य हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : ५२ बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त