४८ मेगापिक्सलको क्यामेरा भएका यी मोबाइल, जो छिट्टै नेपालमा लञ्च हुँदैछन् | Khabarhub Khabarhub

४८ मेगापिक्सलको क्यामेरा भएका यी मोबाइल, जो छिट्टै नेपालमा लञ्च हुँदैछन्


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं–हामीले मोबाइल किन्दा सबैभन्दा पहिलो के कुरामा ध्यान दिन्छौं होला ? सामान्यतः सबैको जवाफ हुन्छ, क्यामेरामा ! कतिपयले फोनको स्टोरेज, प्रोसेसर, र्‍याम, ब्याट्री ब्याकअपको विषयमा पनि ध्यान दिन्छन् । तर, अहिलेको अवस्थामा मोबाइलको महत्व स्थापित गर्ने मामलामा क्यामेरा नै अगाडि आउँछ ।

पछिल्ला केही महिनामा विश्व मोबाइल बजारमा ४८ मेगापिक्सल क्यामेरा भएका फोन उतार्ने प्रतिस्पर्धा नै चलेको छ । अघिल्लो वर्ष सोनी र सामसुङले आफ्नो ४८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन ल्याउन लागेको घोषणा गरे, अन्य मोबाइल उत्पादक कम्पनी पनि यस्तो फोन बनाउन जुटिहाले ।

आज हामी त्यस्तै केही फोनको बारेमा उल्लेख गर्न जाँदैछौं, जसमा ४८ मेगापिक्सलको क्यामेरा उपलव्ध छ । साथै यी मोबाइलहरु छिट्टै नेपालमा पनि उपलब्ध हुनेछन् ।

ओप्पो एफ ११


४८ मेगापिक्सलको रियर क्यामेरा भएको यो फोन अबको केही समयमै नेपालमा उपलब्ध हुने जनाइएको छ । २ वटा रियर क्यामेरामध्ये एउटा ४८ मेगापिक्सलको हुनेछ भने अर्को ५ मेगापिक्सलको हुने छ । यस्तै यसमा १६ मेगापिक्सलको पप–अप सेल्फी क्यामेरा दिइएको छ ।

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता तथा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमता गरी यो फोन दुईवटा भर्सनामा उपलब्ध हुने छ । नेपाली बजारमा यो फोनको मूल्य ४० देखि ४५ हजारको बीचमा पर्नसक्छ ।

भीभो भी–१५


ट्रिपल क्यामेरा सेटअप भएको यो फोनमा ४८ मेगापिक्सलको प्राइमरी क्यामेरा दिइएको छ । साथै ३२ मेगापिक्सलको पप–अप सेल्फी क्यामेरा हुनेछ । ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज क्षमताको यो फोनमा क्वालकम स्न्यापड्रागन ६७५ चिपसेट उपलब्ध हुने छ । नेपाली बजारमा यो मोबाइल ४८ देखि ५० हजारको बीचमा उपलब्ध हुनेछ ।

रेडमी नोट ७ प्रो

चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमी एकदमै कम मूल्यमा आफ्ना प्रयोगकर्तालाई ४८ मेगापिक्सलको क्यामेरा भएको मोबाइल उपलब्ध गराउने छ । दुईवटा रियर क्यामेरामध्ये ४८ मेगापिक्सलको प्राइमरी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सलको सेल्फी क्यामेरा छ । फोनमा ४००० एमएएच को ब्याट्री दिइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : १४ बजे

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर