सिके राउतसँग झस्कियो सरकार : गतिविधि पुरानै, सहमति औपचारिकता मात्र ! | Khabarhub Khabarhub

सिके राउतसँग झस्कियो सरकार : गतिविधि पुरानै, सहमति औपचारिकता मात्र !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सिके राउतसँग गरेको सम्झौताको अन्तरकथा आजको नयाँ पत्रिकाले मुख्य समाचारका रुपमा छापेको छ । अघिल्लो राति नै प्रधानमन्त्री निवासमा सहमित, भोलिपल्ट औपचारिकता मात्र भन्ने शीर्षकमा पत्रिकाले समाचार छापेको हो ।

सहमतिबारे अघिल्लो दिन नै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो । वालुवाटार वार्तामा थिएः प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, पूर्ववार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे, गृहसचिव प्रेमकुमार राई, स्वतन्त्र मधेश गठबन्धनका डा. सिके राउत, सिकेका दाजु जयकान्त राउत र सीके समूहका सहजकर्ता चन्दननाथ ।

राजनीतिक मूलधारमा आउन हस्ताक्षर गरेलगतै सिके राउत स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ भने नेकपाका नेता जगन्नाथ खतिवडाले यस विषयमा केपी ओली जानी–नजानी षड्यन्त्रमा पस्नुभो भन्ने टिप्पणी गरेका छन् ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको समाचार पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । राप्ती विज्ञान प्रतिष्ठानमा अनियमितता भएको निष्कर्षसहित संसदीय समितिले उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

त्यस्तै इथियोपियाको जहाज दुर्घटनामा एक नेपाली सहित १५७ जनाको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । विश्व खाद्य कार्यक्रममा, इथियोपियामा कार्यरत गोरखाकी एकता अधिकारी दुर्घटनामा निधन भएको इजिप्टस्थित नेपाली दूतावासले पुष्टि गरेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : ०७ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर