सीके राउतले जनकपुरमा गरेको प्रस्तुतिले प्रश्न उठायो : प्रचण्ड « Khabarhub

सीके राउतले जनकपुरमा गरेको प्रस्तुतिले प्रश्न उठायो : प्रचण्ड


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग सम्झौता गरेपछि सीके राउत समूहले हिजो (आइतबार) जनपुरमा गरेको प्रर्दशनबाट प्रश्न उठेको बताएका छन् ।

आज (सोमबार) पोखरा पुगेका उनले पोखरा विमानस्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै जनपुर प्रदर्शनबाट शंका गर्नुपर्ने केही ठाउँ देखिएको बताए । यस विषयमा आफू गम्भीर भएको र यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिहानै कुराकानी गरेको बताए ।

सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले भने, ‘जनकपुरमा भएको हिजोको प्रस्तुतीबाट केही प्रश्न त बनेको छ । मैले यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा गरे । प्रधानमन्त्रीले पनि व्यवहारिक रुपमा आफ्नो समूहलाई पूरानै टीम स्प्रीट अनुसार बुझाउनु पर्ने भएकाले जनकपुरको कार्यक्रम भएको हुनसक्ने बताउनुभएको छ । हामीले पनि हतारमा अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था छैन्।’

प्रचण्डले सरकारले देशमा शान्ति र अमनचयन कायम गर्न जस्तोसुकै कदम चाल्ने गरी काम गरिरहेको पनि बताए । सीके राउतसँग गरेको ११ बुँदे सहमति त्यसैको उदाहरण भएको उनको भनाई छ । सञ्चारमाध्यममा सीके राउतसँग भएको सहमतिका विषयमा भएको चर्चाको विषय कोट्याउँदै भने, ‘अहिलेको सबैभन्दा नयाँ भनेको तराईंमा पृथकतावादी आन्दोलन गरिरहेको समूहसँग भएको सम्झौतापछि बजारमा एक खालको चर्चा चलेको छ । बाहिर आएको जस्तो भित्र कुरा भएको छैन । राउत समूहलाई संवैधानिक व्यवस्था अनुसार मूलधारको राजनीतिमा ल्याउन सरकारले यो सहमति गरेको हो।’

विप्लवले ‘क्रान्ति’ पार लगाउन सक्दैनन्

प्रचण्डले आफूसँगै जनयुद्धमा होमिएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले क्रान्तिलाई पार लगाउन नसक्ने पनि दाबी गरेका छन् । विप्लवले आफ्नै स्कुलिङमा राजनीति गरेको बताउँदै उनले अहिले नयाँ समय आएको र विगतको जस्तो मानसिकताबाट क्रान्ति पार नलाग्ने बताए । उनले भने, ‘जनतासँग गएर जनतका मुद्धा अहिलेको राजनीतिक परिपार्टीबाटै हल गर्नुपर्छ । त्यसका लागि वार्ता र सम्वादको बाटो उपयुक्त हुन्छ । म आशावादी छु उहाँहरु पनि चाँडै नै मूलधारको राजनीतिमा आउनुहुनेछ ।’

अब चाँडै पार्टी एकता

प्रचण्डले नेकपालाई मजबुद बनाउन पार्टीले आन्तरिक गतिविधि अघि बढाइरहेको पनि बताए । उनले शीर्ष नेताबीच मन नमिलेर भन्दा पनि केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले पार्टीको एकता प्रक्रिया केही लम्बिएको बताए । उनले भने, ‘नेताहरुबीच समस्या भएर एकता प्रक्रिया ढिलो भएको भन्दा पनि कैयौ प्राविधिक कारण मिलाउनुपर्ने भएकाले ढिलो थोरै ढिलो भएको हो । अब केहीदिनभित्रै एकताका सम्पूर्ण कुरा टुंग्याउने योजनासहित हामीले काम गरिरहेका छौं ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : ५१ बजे

चितवनमा सवारी दुर्घटना : साउनदेखि कात्तिकसम्म २९ जनाको ज्यान गयो

चितवन– गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले

भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ

झापा– जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई

‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न