कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ विद्यार्थी | Khabarhub Khabarhub

कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ विद्यार्थी


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् ।

विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा भने २० जनाको हाराहारीमा विद्यालय आउँछन् ।

अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा आउने विद्यार्थीले कलम कापी नै नल्याउँदा पठनपाठनमा समस्या हुने गरेको विद्यालयकी प्रधानाध्यापक शकिला जोशीले बताइन् ।

“चेपाङ समुदायका बालबालिका नियमित विद्यालय आउँदैनन्, आएकाले पनि कापी कलम नै ल्याउदैनन्, पठनपाठनमा समस्या छ”, प्रधानाध्यापक जोशीले भनिन् । विद्यालय खाजा कार्यक्रम हटेपछि ती समुदायका बालबालिका नियमित विद्यालय आउन छाडेको उनले जानकारी दिइन् ।

प्रधानाध्यापक जोशीका अनुसार भौगोलिक विकट रहेको यस विद्यालयमा सहयोगी संस्था पनि पुग्ने गरेका छैनन् । विद्यालयले पनि विद्यार्थीलाई कापी, कलम दिन सकिने अवस्था छैन । वडा नं २ कै आधारभूत राष्ट्रिय विद्यालय मायाटारमा पनि चेपाङ विद्यार्थी कापी कलमबिना नै विद्यालय आउने गरेको सो विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले बताए । एक सय ७३ विद्यार्थी रहेको सो विद्यालयमा ७५ प्रतिशत चेपाङ सुमदायका बालबालिका अध्ययनरत छन् ।

कक्षा १ देखि ८ सम्म पढाइ हुने यस विद्यालयमा ८०/८५ विद्यार्थी मात्र नियमित आउने गर्छन् । वडा नं ६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय चनौटेको समस्या पनि उस्तै छ । कक्षा एक देखि आठसम्म पढाइ हुने सो विद्यालयमा पनि १२५ विद्यार्थी भर्ना भएका छन् । विद्यालयको नियमित हाजिरीमा भने ७०/७५ जनाको हाराहारीमा मात्र देखिन्छ ।

विद्यालयमा आउँदा अधिकांश विद्यार्थीले कापी कलम ल्याउँदैनन् । यहाँ भने घर्ती समुदायका बालबालिका अध्ययनरत छन् । घर्ती समुदायको पनि आर्थिक अवस्था र चेतनाको स्तर चेपाङ समुदायको जस्तै रहेको विद्यालयका सहयोगी कर्मचारी कृष्णबहादुर घर्ती बताउँछन् ।

आर्थिक अभावका कारण नै विद्यार्थी नियमित विद्यालय आउन नसक्ने राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक भावना खनियाँ बताउँछिन् । विद्यार्थी विद्यालय आउँदा कापी कलमसमेत नलिइकन आउने गरेको उनका भनाइ छ । विशेषगरी जाडोमा न्यानो कपडा नहुनु र विद्यालय खाजा कार्यक्रमको व्यवस्था नहुँदा बालबालिका नियमित आउन नसकेको प्रअ खनियाँको भनाइ छ ।

गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलले विशेष गरी चेपाङ बालबालिकालाई नियमित विद्यालयसम्म ल्याउन कठिनाइ भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार आर्थिक अभावका कारण नै चेपाङ बालबालिका नियमित विद्यालय आउदैनन् ।

रोकिएको खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिग्देलको भनाइ छ । विपन्नता र गरीबीका कारण विशेष गरी चेपाङ समुदायका बालबालिकालाई नियमित विद्यालय ल्याउन कठिनाई भइरहेका छन् । चेपाङ समुदायको बसोबास रहेका यस गाउँपालिकाका विद्यालयमा खाजा कार्यक्रम अझै पनि आवश्यक रहेको सिग्देलको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ३४ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु