वर्षौंदेखि पसिना बगाउने किसान नै जमिनको मालिक बन्नुपर्छः अध्यक्ष प्रचण्ड « Khabarhub

वर्षौंदेखि पसिना बगाउने किसान नै जमिनको मालिक बन्नुपर्छः अध्यक्ष प्रचण्ड


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि नयाँ गतिका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्चको पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकमा देखिएको भूमिसम्बन्धी समस्याको स्थायी समाधानका लागि सरकार क्रियाशील रहेको बताए । उनले वर्षौंदेखि जमिनमा रगत र पसिना बगाउने किसान जमिनको मालिक बन्नुपर्ने तर्क गर्दै लालपूर्जाविहीन किसानलाई अविलम्व लालपुर्जाको व्यवस्था गर्नुपर्ने बताए ।

उनले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा भूमि सम्बन्धी समस्या समाधान गर्न पहल गरेको भएपनि राजनीतिक अस्थिरताका कारण समस्या समाधान हुन नसक्नु दुर्भाग्यपूर्ण भएको तर्क गरे । भूमि सम्बन्धमा नीतिगत व्यवस्था भएपनि कार्यन्वयनको पाटो चुनौतीपूर्ण रहेको र सरकार  कार्यन्वनका लागि क्रियाशील रहेको बताए ।

उनले वर्षौदेखि काम गरिरहेका लालपूर्जा विहीन किसानलाई लालपूर्जा दिने विषयमा सरकारले हस्ताक्षेप गरेरै भए पनि अघि बढ्नुपर्ने बताए । त्यस्तै सुकुम्बासीहरुको व्यवस्थापनका विषयमा विकल्प नहुन्जेलसम्म कम्तिमा परिचयपत्रसम्मको भए पनि व्यवस्था गर्नुपर्ने तर्क गरे ।

नेपालको आर्थिक समृद्धिको कुरा भूमिकसँग, भूमि सुधारसँग, भू–उपयोग नीतिसँग, कृषिको आधुनिकीकरणसँग जोडिएको हुँदा जमिनमा वर्षौदेखि खेतीपाति गर्नेहरु नै जमिनको मालिक बनाउनेबाटै शुरु हुने तर्क गरे । त्यसका लागि आफ्नो विशेष जिम्मेवारी र प्राथमिकता रहनेसमेत प्रतिवद्धता व्यक्त गरे । यदि यस्ता समस्या समाधान हुन सकेनन् भने सरकारको औचित्यसिद्ध हुन नसक्ने जिकिर गरे ।

उनले भने–‘पार्टीको नाम कम्युनिष्ट राख्दैमा जनताले मान्छन् भन्ने होइन, जबसम्म जनताका समस्या समाधान गर्न सकिंदैनन्, भूमिसँग सम्बन्धित समस्या सुल्झिदैनन् तबसम्म जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी राख्दैनन् । यो विश्वमै देखिएको उदाहरण हो ।  जनताले दिएको अभिमतलाई कदर गर्नसक्नुपर्छ ।’

उनले राष्ट्रिय अधिवेशनले मुलुकमा बलियो सन्देश जानुका साथै भू उपयोगि नीति बनाउने तथा भूमी सुधार नीति वैज्ञानिक बनाउने विषयमा महत्वपूर्ण सावित हुने बताए ।

सोमबारदेखि शुरु भएको महाधिवेशन फागुन २९ गतेसम्म चल्ने छ । देशभरका करिव ५ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी महाधिवेशनले अगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ भने भुमिहीनहरुको अधिकार प्राप्तीका लागि नयाँ कार्ययोजना एवं रणनिति तय गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ३ : ४४ बजे

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन

होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप

काठमाडौं- ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा

अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको

एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क