फेरि रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्छ: डब्लूएचओ « Khabarhub

फेरि रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्छ: डब्लूएचओ


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा फेरि संक्रमक रुघाखोकीको महामारी आउनसक्ने चेतावनी दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयेयुसले विज्ञप्ति जारी गर्दै संक्रमक रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्ने र त्यसका लागि तयार रहनुपर्ने जनाएका हुन् ।

उनले विश्वव्यापी रुघाखोकीको संक्रमण कुनै पनि बेला महामारीको रुपमा देखापर्न सक्ने र यसले विश्वका ठूलो सङ्ख्यामा मानिसहरु प्रभावित हुनसक्ने चेतावनी समेत दिएका हुन् ।

यसबाट बच्न संक्रमणको जोखिममा रहने मानिसहरु विशेषगरी बृद्ध, शिशु तथा दीर्घरोगीलाई खोप दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो संक्रमण सन् २००९–२०१० मा एचवानएनवान भाइरसको संक्रमण आएको थियो । एक अध्ययनका अनुसार त्यस संक्रमणको शुरुको वर्षमा विश्वका २० प्रतिशत मानिसहरु सक्रमित भएका थिए ।

विश्वभरका स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन डब्लूएचओले बेलाबेला जनावरबाट मानिसमा त्योभन्दा खतरनाक भाइरसको विश्वव्यापी संक्रमण आउनसक्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ८ : ३८ बजे

मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

गण्डकी – मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको

लहानको उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा – यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा

भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था,

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ