इरानी राष्ट्रपति हसन रौहानी इराक भ्रमणमा | Khabarhub Khabarhub

इरानी राष्ट्रपति हसन रौहानी इराक भ्रमणमा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– पहिलोपटक इराकको भ्रमणमा निस्केका इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको तीब्र आलोचना गरेका छन् ।  तीन दिने इराक भ्रमणका लागि निस्केका राष्ट्रपति रौहानीले राजधानी बगदादमा अमेरिकाको हस्तक्षेपकारी शैलीको आलोचना गरेका हुन् ।

उनले इराक, सिरिया र मध्यपूर्वका अन्य मुलुकमा अमेरिकाले बम खसालेको कुरा कसैले विर्सन नसक्ने समेत जनाएका हुन् । सोमबार इराक भ्रमणमा जानुअघि राष्ट्रपति रौहानीले इरानसँग इराकको भातृत्वपूर्ण सम्बन्धको तुलना इराकसँग आक्रमणकारी मुलुक अमेरिकाको सम्बन्धसँग तुलना हुनै नसक्ने टिप्पणी गरेका थिए ।

उनले इराकमा रहँदा उच्च इराकी अधिकारीसँग व्यापार, कृषि, पेट्रोलियम, यातायात, स्वास्थ्य लगायतका विषयमा छलफल हुने बताइएको छ । इराक भ्रमणमा रहँदा रौहानीले राजधानी बगदादको खदिमिया क्षेत्रमा रहेको शिया मुसलमानको पवित्र समाधीको भ्रमण गर्ने समेत कार्यक्रम छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ०८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा