अधिकारीको १३ औं दिनको पुण्यतिथिमा रसाएका आँखा | Khabarhub Khabarhub

अधिकारीको १३ औं दिनको पुण्यतिथिमा रसाएका आँखा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको १३ औं दिनको पुण्य तिथिमा सहभागी अधिकांशका आँखा रसाए । स्व. अधिकारीकोे जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् ।

कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।श्रद्धाञ्जलीसभामा प्रदेशसभा सदस्य कृष्ण थापाले आफूले बोकेको विचार जनतासमक्ष पुर्‍याउन सक्ने प्रभावशाली व्यक्तित्व अधिकारी रहेकोमा स्मरण गरे । उनले स्व. अधिकारीको सपना अब आफूहरुको काँधमा आएको र जीवनलाई खेर जान दिनु नहुने बताए ।

नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।

श्रद्धाञ्जलिसभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन,लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्षा बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’