घरजस्तै खेलमैदान : स्क्वासमा बाबुछोरी, टेनिसमा आमाछोरी « Khabarhub

घरजस्तै खेलमैदान : स्क्वासमा बाबुछोरी, टेनिसमा आमाछोरी


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले सरकारी चिकित्सक काममा र्फकएको समाचार पहिलो पृष्ठमा छापेको छ । आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका उनीहरुको धर्नामा प्रहरी हस्तक्षेप बढेपछि बुधबारबाट उनीहरू पछि हटेका हुन् ।

सरकारले बुधबार बिहान चिकित्सकको धर्नामा सुरक्षाकर्मी परिचालन गरी वीर अस्पतालको बहिरंग विभाग (ओपीडी) खुलाएको थियो ।

त्यसैगरी पत्रिकाले अन्ततः खचियो ‘ब्ल्याकहोल’ शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा लेखिएको छ- अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरीछ, जसले जे भेट्टायो त्यही निलिदिन्छ । अध्यताहरु भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ ।

त्यो भुमरी अर्थात ‘ब्ल्याक होल’बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन बैज्ञानिक सफल भएको जनाइएको छ ।

त्यस्तै ‘हस्तक्षेप बढ्यो’ शीर्षकमा पत्रिकाले सुरक्षा नीतिको विषयको समाचार पनि समाचार पहिलो पृष्ठमा छापेको छ ।

सरकारले आन्तरिक मामिलामा बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको छ । यस्ता गतिविधि मुलुकको सार्वभौमिकता र स्वतन्त्रताका चुनौती एवं खतरा रहेको  विश्लेषण छ । तिनको नियन्त्रणका लागि सरकारले राष्ट्रिय सुरक्षा मजबुत बनाउने र एकताको भावना बढाउने पहल थाल्दै आएको समाचारमा जनाइएको छ ।

त्यसैगरी, घरजस्तै खेलमैदान शीर्षकमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समाचारलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पाँच खेल बुधबारदेखि शुरु भए । यससँगै आठौं राष्ट्रिय खेलकुद समयमै नहुने हो कि भन्ने अन्योलता हटेको छ ।

सँगै केही खेलमा खेलाडी र तिनको परिवारसँग गाँसिएका केही रमाइला संयोग पनि जुरेको छ । रमाइलो संयोग स्क्वास, लनटेनि र टेबलटेनिसका खेलाडीलाई जुरेको हो ।

यी तीनवटै खेलका खेलाडीले खेल मैदानमा पनि पारिवारिक वातावरण पाउने भएका छन् । यी खेलमा एउटै परिवारका सदस्य पनि छानिएर आएका छन् ।

ललितपुरमा शुरु भएको स्क्वास खेलमा गण्डकी प्रदेशबाट बाबु र छोरी छनोट भएका छन् । ४३ वर्षीय बाबु सन्तोष घिमिरे र १६ वर्षीया छोरी सालिनी घिमिरे जिल्ला र प्रदेशस्तरको छनोट प्रतियोगितामा प्रतिस्पधीहरुलाई हराउँदै यो स्थानमा पुग्न सफल भएका हुन् ।

यसैगरी टेनिसमा गण्डकी प्रदेशबाटै छानिएका आमाछोरीको कथा पनि उस्तै रोचक छ । ४५ वर्षीया आमा विमला बस्याल र २० वर्षीया छोरी सुप्रिया बस्याल पनि जिल्ला र प्रदेशस्तरीय छनोट पार गर्दै यो यात्रा तय गर्न सफल भएको समाचारमा जनाइएको छ ।

यटा टेबलटेिनसमा पनि बाजे नातिनी छनाेट भएका छन् ।  पूवर्एसएसपी गोबर्द्धन श्रेष्ठ ६७ वर्षका भए । उनी टेबलटेनिसका प्रतियोगी हुन् । प्रहरी सेवामा लामो समय काम गरेका श्रेष्ठ अहिले पनि त्यत्तिकै जाँगरिला र फूर्तिला छन् । उनीसँगै उनकाी ८ वर्षीया नातिनी शुभश्री श्रैष्ठ पनि प्रतियोगी बनेकी छिन् ।

१४ वर्ष उमेर समूहसम्ममा प्रतियोगीहरुलाई पछि पारेकी शुभश्री प्रतियोगिताको सबैभन्दा कान्छोे उमरकी सहभागी पनि हुन् । यो प्रतियोगितामा सवैभन्दा बढी उमेर र सवैभन्दा कम उमेरका खेलाडी एउटै घरबाट रहेको समेत समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : २० बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले