गरिबी प्रत्येक वर्ष १ प्रतिशतले घट्छ : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

गरिबी प्रत्येक वर्ष १ प्रतिशतले घट्छ : मन्त्री बाँस्कोटा


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षीक एक प्रतिशतले गरीबी घटाइने बताए ।

आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गरे।

मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताए । ‘हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग गर्‍यौँ भने समृद्धि टाढाको विषय होइन’, उनले भने ।

उनले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने बताए । निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उनको दाबी थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ८ : २१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य