महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित, वैदेशिक रोजगारीबाट फर्किएकाहरु धेरै « Khabarhub

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित, वैदेशिक रोजगारीबाट फर्किएकाहरु धेरै


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष गत अक्टुबरमा रक्तपरीक्षणबाट थप एक सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिए । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ ।

जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५÷७६ को गत साउनयता हालसम्म रक्तपरीक्षण गर्न आएकामध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ । अस्पतालमा कूल सङ्क्रमितमध्ये ११६ महिला, ८५ पुरुष र तीन तेस्रो लिङ्गी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा राजीवकुमार झाले जानकारी दिए । उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ । त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १३५ र पुरुष ११६ देखिन्छ ।

जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ । त्यस्तै सङ्क्रमित १९ महिलामध्ये छ सङ्क्रमित पुरुष रहेका परियोजनाले जनाएको छ । त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा झाको भनाइ छ ।

जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका १९ बालबालिका भने गर्भैदेखि सङ्क्रमित भेट्टाइएको अस्पताल र परियोजनाको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग बढेसँगै एचआइभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ । यता जलेश्वर अस्पतालले भने सङ्क्रमित हुने क्रम खासै नघटेको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सङ्क्रमितले सुरक्षित यौन सम्बन्ध बढाएका र दक्षिणी क्षेत्रमा त्यसमा असावधानी हुँदा एउटै जिल्लामा पनि क्षेत्रगत सङ्क्रमित वृद्धिदर फरक परेको स्वास्थ्यकर्मी बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ३४ बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त