सुमार्गीको ‘अवैध’ रकमबारे सर्वोच्चमा सुनुवाइ, आजै फैसला आउने « Khabarhub

सुमार्गीको ‘अवैध’ रकमबारे सर्वोच्चमा सुनुवाइ, आजै फैसला आउने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिको अवैध भनिएको रकमबारे आज (बिहीबार) फैसला सुनाउने भएको छ ।

मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सार्वेच्चले बिहीबार फैसला सुनाउन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरण राणा र न्यायाधीश वमकुमार श्रेष्ठको चैत ४ गतेको इजलाशले बिहीबार (चैत २८ गते) फैसला सुनाउने मिति तय गरेको थियो ।

बिहीबार प्रधानन्यायाधीश राणा र न्यायाधीश श्रेष्ठको इजलाशले व्यवसायी सुमार्गीको अवैध भनिएको रकमबारे फैसला सुनाउन लागेको हो ।

मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले गत पुस ३ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशीको पुस १० को इजलाशले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजमा विदेशबाट आएको लगानी नरोक्न नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

जोशीको आदेशपछि प्रधानन्यायाधीश राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते अर्को आदेश जारी गरेको थियो ।

जोशीको इजलाशले आदेश जारी गरेपछि सुमार्गीले पुस २१ गते इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) अन्य बैंकहरुमा सारिसकेका छन् । सर्वोच्चले रकम फिर्ता ल्याउन अर्को आदेश जारी गरेपनि सुमार्गीले रकम भने फर्काएका छैनन् ।

व्यवसायी सुमार्गीले वैदेशिक लगानी भनेर भित्र्याउन खोजेको अर्को रकमको मुद्दा समेत पूर्ण सुनुवाइका लागि बिहीबार सर्वोच्चको पेशीमा चढाइएको छ ।

सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिका नाममा ल्याउन लागिएको २ करोड १४ लाख ६५ हजार अमेरिकी (करिब २ अर्ब ८२ करोड १० लाख रुपैयाँ) राष्ट्र बैंकले रोकिदिए पछि सर्वोच्चमा रिट दायर भएको थियो ।

नेपाल स्याटेलाइट टेलिकम प्रालिका तर्फबाट सुभाष चन्द्र पौडेलले दायर २१ माघ २०७४ मा दायर गरेको रिटमाथि यसअघि १० पटक सुनुवाइ भइसकेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ५४ बजे

उपत्यकामा सडक जलमग्न

काठमाडौं– लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्

उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव

बिरामी हुनु अपराध होइन प्रधानमन्त्रीज्यू, जनताको उपचारमा थप करको भार किन ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले चालु आर्थिक वर्ष २०८३/८४