पूर्व राजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्व राजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र पछाडि सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल पछाडि सवार हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । पूर्व राजा ज्ञानेन्द्रले गत महिना पूर्वका विभिन्न जिल्लाहरुको भ्रमणका क्रममा यही गाडीको प्रयोग गरेका थिए भने पूर्व गएको समयमा यही गाडीको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १२ : ११ बजे

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा