नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध « Khabarhub

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित इन्टरनेट खेल(भिडियो गेम) पब्जी नेपालमा खेल्न नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमाथि प्रतिवन्ध लगाएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष आग्रहमा दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने नमिल्ने बनाउनका लागि पत्र पठाइएको जानकारी दिए।

यो खेल विश्वभर नै लोकप्रिय बनेको थियो । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय बनेको पब्जी खेलका कारण मानसिक समस्या समेत उत्पन्न भएको र यो खेल लत(नशा) को रुपमा रहेको भन्दै विज्ञहरुले यसलाई बन्द गर्न सुझाव दिँदै आएका थिए ।

केही समय अघि छिमेकी देश भारतको गुजरातमा लगातार ४५ दिनसम्म पब्जी खेल्दा एक जना युवाको मृत्यु भएको घटना समेत सार्वजनिक भएको थियो ।

२०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताउने गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ४ : १२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,