भारत चुनाव : छिटपुट घटनाबाहेक पहिलो चरण शान्तिपूर्ण | Khabarhub Khabarhub

भारत चुनाव : छिटपुट घटनाबाहेक पहिलो चरण शान्तिपूर्ण


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा आम निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सकिएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेबाट शुरु भएको मतदान बेलुकी ६ बजे सकिएको हो ।

मतदानका क्रममा केही स्थानमा छिटपुट हिंसात्मक घटना भएपनि सामान्यतया मतदान शान्तिपूर्ण नै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्ध्र प्रदेशको अनन्तपुर जिल्ला अन्तर्गत ताडिपत्री शहरमा क्षेत्रीय दलहरु तेलगूदेशम पार्टी र वाईएसआर काँग्रेस पार्टीका कार्यकर्ताबीच झडप हुँदा २ जनाको ज्यान गएको जनाइएको छ भने आन्ध्र प्रदेशकै अन्य निर्वाचन क्षेत्र तथा मतदान केन्द्रहरुमा सामान्य विवाद र झडप भएको बताइएको छ ।

त्यस्तै, केही निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेसिनमा प्राविधिक गडबडी आएकाले मतदानमा सामान्य समस्या आएको र त्यसपछि समाधान गरिएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

मतदानका क्रममा मतदाताको उल्लेख्य सहभागिता रहेको बताइएको छ । यद्यपि भारतीय निर्वाचन आयोगले मतदानका क्रममा कति प्रतिशत मतदाताको सहभागिता रह्यो भन्ने बारे तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन ।

विहीबार भएको पहिलो चरणको चुनाव अन्तर्गत २० राज्य र केन्द्र शासित प्रदेशका ९१ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

दोश्रो चरणको मतदान भने आगामी अप्रिल १८ मा हुनेछ । विभिन्न ७ चरणमा हुने मतदान आगामी मे १९ सम्म चल्नेछ । अन्तिम चरणको मतदान सकिएको ४ दिनपछि अर्थात् मे २३ बाट मतगणना शुरु हुने जनाइएको छ ।

पछिल्ला केही दशकयताको सबैभन्दा महत्वपूर्ण चुनावका रुपमा हेरिएको यसपटकको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा र विपक्षी काँग्रेस पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ०८ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई