भारत चुनाव : छिटपुट घटनाबाहेक पहिलो चरण शान्तिपूर्ण « Khabarhub

भारत चुनाव : छिटपुट घटनाबाहेक पहिलो चरण शान्तिपूर्ण


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा आम निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सकिएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेबाट शुरु भएको मतदान बेलुकी ६ बजे सकिएको हो ।

मतदानका क्रममा केही स्थानमा छिटपुट हिंसात्मक घटना भएपनि सामान्यतया मतदान शान्तिपूर्ण नै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्ध्र प्रदेशको अनन्तपुर जिल्ला अन्तर्गत ताडिपत्री शहरमा क्षेत्रीय दलहरु तेलगूदेशम पार्टी र वाईएसआर काँग्रेस पार्टीका कार्यकर्ताबीच झडप हुँदा २ जनाको ज्यान गएको जनाइएको छ भने आन्ध्र प्रदेशकै अन्य निर्वाचन क्षेत्र तथा मतदान केन्द्रहरुमा सामान्य विवाद र झडप भएको बताइएको छ ।

त्यस्तै, केही निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेसिनमा प्राविधिक गडबडी आएकाले मतदानमा सामान्य समस्या आएको र त्यसपछि समाधान गरिएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

मतदानका क्रममा मतदाताको उल्लेख्य सहभागिता रहेको बताइएको छ । यद्यपि भारतीय निर्वाचन आयोगले मतदानका क्रममा कति प्रतिशत मतदाताको सहभागिता रह्यो भन्ने बारे तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन ।

विहीबार भएको पहिलो चरणको चुनाव अन्तर्गत २० राज्य र केन्द्र शासित प्रदेशका ९१ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

दोश्रो चरणको मतदान भने आगामी अप्रिल १८ मा हुनेछ । विभिन्न ७ चरणमा हुने मतदान आगामी मे १९ सम्म चल्नेछ । अन्तिम चरणको मतदान सकिएको ४ दिनपछि अर्थात् मे २३ बाट मतगणना शुरु हुने जनाइएको छ ।

पछिल्ला केही दशकयताको सबैभन्दा महत्वपूर्ण चुनावका रुपमा हेरिएको यसपटकको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा र विपक्षी काँग्रेस पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ०८ बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक