फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती « Khabarhub

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

गृहमन्त्री भाइ ‘जीबी राईलाई समात्नुस्, अनि बधाई दिउँला’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले गृहमन्त्री सुदन गुरुङको नाममा फेवाताल किनारको जग्गा रहेको भनी सामाजिक सञ्जालमा आएका विषयबारे तत्काल स्पष्ट पार्न माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै राईले नैतिकताको सवाल खडा भएकाले पत्रकार सम्मेलनमार्फत सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

“पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ,” सांसद राईले भनेका छन्, “खास कुरा के हो, पत्रकार सम्मेलन राखिहाल्नुस् । अब यो सवालको जवाफ नदिने हो भने जनताले विश्वास गर्दैनन् र प्रहरीले पनि टेर्न छाड्छन् ।” उनले यसलाई एउटा दाजुले भाइलाई दिएको सल्लाहका रूपमा लिन समेत गृहमन्त्रीलाई सुझाएका छन् ।

प्रतिपक्षी दलको नेताका रूपमा आफूले सोधेका प्रश्नहरू व्यक्तिगत नभई नितान्त पदीय जिम्मेवारीसँग जोडिएको राईको दाबी छ । उनले ‘जेन जी’ (Gen Z) आन्दोलनका दोषीहरूलाई पक्राउ गरेकोमा गृहमन्त्रीको प्रशंसा गर्दै बाँकी घटनाका दोषीलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

सांसद राईले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै दुईवटा मुख्य मुद्दा अघि सारेका छन् :
‘जेन जी’ आन्दोलनको २४ गतेको घटनामा संलग्न दोषीहरूलाई कारबाही ।
जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिलाउने ।

“गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गर्दै हुनुहुन्छ, त्यसका लागि धन्यवाद छ,” राईले थपेका छन्, “तर मैले सदनमा उठाएका यी दुई मुद्दा नबिर्सनुहोला ।”

गृहमन्त्री गुरुङलाई हालसम्म बधाई नदिएको उल्लेख गर्दै राईले विवादरहित ढंगले काम गरेर देखाएका दिन हृदयदेखि नै बधाई दिने बताएका छन् । गृहमन्त्री गुरुङमाथि लागेको जग्गा सम्बन्धी आरोपबारे गृह मन्त्रालय वा मन्त्रीको सचिवालयले भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ९ : ४९ बजे

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको