सगरमाथाको फोहर नाम्चे र काठमाडौंमा प्रदर्शन गरिने | Khabarhub Khabarhub

सगरमाथाको फोहर नाम्चे र काठमाडौंमा प्रदर्शन गरिने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा सर्वोच्च शिखर सगरमाथाको सफाई अभियान सञ्चालन गरिने भएको छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ आयोजना गर्न लागिएको हो ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा सफाई अभियान गर्न लागिएको जानकारी दिइएकाे हो ।

सो अभियानले सगरमाथाबाट करिब १० हजार टन फोहर संकलन गरिने आयोजकले जनाएको छ । यस पटकको सफाई अभियानमा सगरमाथा क्षेत्रमा रहेका शवको पनि व्यवस्थापन गर्न प्रयास गरिनेछ । संकलित फोहर अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) का दिन सोलुखुम्बुको नाम्चेमा प्रदर्शन गर्ने र तत्पश्चात व्यवस्थापन गर्न सकिने फोहरलाई नाम्चेमै व्यवस्थापन गरिनेछ ।

प्रशोधन गर्न मिल्ने फोहर काठमाडौँ ल्याई विश्व वातावरण दिवस (५ जुन) का दिन काठमाडौँमा प्रदर्शन गरी ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई उचित व्यवस्थापनका लागि हस्तान्तरण गरिने जनाइएको छ । अभियानका लागि रु दुई करोड ३२ लाख १६ हजार खर्च हुने छ ।

उक्त रकम आयोजक निकाय र केही दातृ निकायबाट जुटाइनेछ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले रु ३० लाख तथा नेपाल पर्वतारोहण संघले रु २० लाख सहयोग गर्ने जनाएका छन् । पर्यटन बोर्ड, विभागलगायत अन्य निकायले अभियानका लागि सहयोग गर्नेछन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार ४५ दिनको सफाई अभियानमा १४ जना सहभागी हुनेछन् । छ जना आधार शिविरमा रहनेछन् भने बाँकी आठ जनाले सगरमाथाको चुचुरो नजिक अर्थात् ‘साउथ पोल’सम्म पुगेर फोहर जम्मा गर्नेछन् । ‘साउथ पोल’मा करिब १५ दिन सफाई चल्ने छ । ‘साउथ पोल’बाट दुई हजार र क्याम्प तीनबाट तीन हजार किलो फोहर जम्मा गर्ने लक्ष्य लिइएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा सफाई अभियान निकै चुनौतिपूर्ण काम भएपनि यसलाई सफलताका साथ सम्पन्न गर्न अन्तरनिकाय समन्वयका साथ अघि बढ्ने उल्लेख गरे । पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले सगरमाथाको फोहोरसम्बन्धी गलत सन्देश विश्व बजारमा गइरहेकाले त्यस्तो भ्रम चिर्दै भएका फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सफाई अभियान शुरु गरिएको र यसलाई आगामी वर्षमा निरन्तरता दिइने बताए ।

विदेशी सञ्चार माध्यमले प्रचार गरेजस्तो सगरमाथामा धेरै शव नभएको र साउथ पोलमा दुई देखि तीन मात्र शव भएको सगरमाथा प्रदूषण समितिले स्पष्ट पारेको छ । शव भेटिएको खण्डमा व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ८ : ५० बजे

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न