खाली समयमा डेटिङ जाँदा के गर्ने, के नगर्ने ? | Khabarhub Khabarhub

खाली समयमा डेटिङ जाँदा के गर्ने, के नगर्ने ?


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हप्ताको ६ दिनसम्म काममा व्यस्त हुने कर्मचारी, व्यवसायी, विद्यार्थीका लागि शनिबार  वा विदाको दिन विशेष दिन हो । सरकारी कार्यालय तथा अधिकांश निजी क्षेत्रमा पनि शनिबार बिदा दिइने भएकाले यो दिन पारिवारिक जमघटको दिनका रुपमा लिइन्छ ।

शहरको व्यस्ततामा दैनिकी गुजार्नेहरुले शनिबारलाई घुमघामको दिनका रुपमा बुझ्ने गरेका छन् । त्यसमा पनि युवा पुस्ताका लागि बिदाको दिन अझै विशेष बनेर आउँछ ।

आफूले मन पराएको व्यक्तिसँग नयाँ ठाउँमा घुम्न गएर मनका कुरा व्यक्त गर्दा आउने आनन्द नै बेग्लै हुन्छ । यसरी तपाई आफ्नो सपना आफैंले मन पराएको व्यक्तिसँग भेटेर सुनाउँदै हुनुहुन्छ भने त्यो क्षण तपाईंका लागि अझै विशेष बन्छ ।

यदि तपाईं आफूलाई मनपरेको मानिससँग पहिलो पटक भेट गर्न जाँदै हुनुहुन्छ भने, यो भेटलाई स्मरणीय बनाउनुपर्छ । त्यसैले पहिलो भेटमा भेटिने मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्यौल गर्दै तपाई पहिलो भेट महत्वपुर्ण बनाउन जरुरी छ । त्यो भेटलाई प्रिय बनाउन यि उपाय अपनाउनुहोस्:

अति आवश्यक बाहेक फोन नउटाउनुस् : यदी तपाईं पहिलो डेटमा हुनुहुन्छ भने तपाईंको मोवाइल साइलेन्ट मोडमा राख्नुहोस् । तपाईंले कुरा गरिहेको बेला फोन आएमा हतपत्त फोन नउठाउनुस् । अति आवश्यक फोन भएमात्र म कुरा गर्छु है भनेर फोन उठाउनुहोस् ।

बहस वा विवाद नगर्नुहोस् : डेटमा हुदाँ एकआपसमा भएका कुरामा मात्र ध्यान दिनुहोस् । एकअर्काको कुरा राम्ररी सुनियोस् भन्नेमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । विवाद हुने कुनैपनि बहस हुनासाथ त्यसमा गम्भिर नहुनुहोस् । सकेसम्म विवाद हुनसक्ने विषय ननिकाल्नुहोस् ।

यसअघिका प्रेमका बिषयमा कुरा नगर्नुहोस्: यदि तपाईं यसअघि प्रेममा हुनुहन्थ्यो भने त्यो विषयमा प्रवेश गर्दै नर्गनुहोस् । पहिलो भेटमा अगाडिका प्रेमका विषयमा कुरा गर्नुहुदैन । यसले तपाईलाई भेट्न आउनेलाई मानिसलाई नकारात्मक असर पर्न सक्छ । यदि पूर्वप्रेमका बारेमा सोधिए पनि साधारण जवाफमा पन्छाउनुहोस् ।

पहिरनमा बिषेश ध्यान दिनुहोस्: यदि कसैसँग पहिलो पटक भेट्दै हुनुहुन्छ भने आफुले लगाउने पहिरनमा विषेश ध्यान दिनुपर्छ । राम्रो पहिरनले भेट सुन्दर हुने मात्र होइन, ब्यक्तित्वमा समेत निखार ल्याउँछ । तर, नयाँ किनेको पहिरन पहिलोपटक भने लगाउनु हुँदैन । किनकी नयाँ लुगाले तपाईंलाई सहज नबनाउन सक्छ।

बढी नबोल्नुहोस्: केही मानिसलाई पहिलो भेटमा आफू निकै जान्ने छु भनेर देखाउने वा कुराकानी गर्ने बानी हुन्छ । तर, पहिलो डेटमा कहिल्यै पनि चाहिने भन्दा बढि बोल्नु हुँदैन । यसले तपाईलाई भेट्ने मानिसको मनमा तपाईंको अत्यधिक बोल्ने बानिले तपार्इंप्रतिको लगाव घट्न सक्छ ।

धुम्रपान वा मादक पदार्थ सेवन नर्गनुहोस्: पहिलो भेटमा कहिल्यै पनि धुम्रपान वा मदिरा सेवन गरेर जानु हुँदैन । आफुलाई सहजता हुने नाममा अनावश्यक गन्ध आउने कुनैपनि कुराको सेवन वा प्रयोग गर्नुहुँदैन । यहाँसम्मकी बडि स्प्रे वा परफ्युमसमेत धेरै मात्रामा प्रयोग गर्नुहुँदैन ।

तोकिएको समय भन्दा ढिलो/चाँडो हुनुहुँदैन: सकेसम्म पहिलो भेटमा तोकिएकै समयमा भेट हुन आवश्यक छ । समय भन्दा छिटो पुग्नु पनि हानिकारक हुनसक्छ । घण्टौं कुरेर आफु भेटका लागि आतुर छु भन्ने भान नर्पानुहोस् । यदी कारणवश ढिलो हुनुभयो भने त्यसबारे समयमा नै जानकारी गराउनुहोस् ।

छुन वा चुम्बन गर्न नखोज्नुहोस्: प्राय: मानिसहरु पहिलो भेटमा प्रेम देखाउनका लागि चुम्बन गर्ने गर्छन्। तर, पहिलो भेटमा चुम्बन आवश्यक हुँदैन । बसाइका क्रममा पनि छुनु वा अंकमालमा बस्ने कामसमेत नगर्नुस् । यस्तो बानीले पहिलो भेट नै अन्तिम भेट पनि बन्न सक्छ ।

खर्च बराबर गर्नुस्: पहिलो भेटमा सकेसम्म खानपान, यात्रा वा सहजताका नाममा धेरै खर्च गर्नुहुँदैन । सकेसम्म कम खर्च गर्नुपर्छ । यसको मतलब यो पनि होइन कि आवश्यकता अनुसार खर्च नगर्ने । तर खर्च सामान्यभन्दा बढि भएमा डेटमा आएका दुबैले केहि हदसम्म खर्चमा साझेदारी अपनाउनुपर्छ ।

महिलालाई विशेष सुझाव: सुन्दर देखिनु डेटिङको पहिलो र आवश्यक पक्ष हो। तर, हेभी मेकअप भने गर्नुहुँदैन । आखाँमा सामान्य गाजल, लाइट लिपस्टिक र छालाको रंगसँग मिल्दो मेकअप गर्नुपर्छ । यदि आँखा ठुला र सुन्दर छ भने त्यसलाई धेरै सिर्गान आवश्यक हुँदैन । ओठ र गाला आकर्षक छ भने तिनलाई हाइलाइट गर्नुपर्छ । मस्कारा लगाउन बिर्सनु हुँदैन।

मुहार एवं व्यक्तित्व सुहाउँदो हेयर स्टाइल बनाउनुपर्छ। धेरै कसिलो वा खुकुलो पहिरन लगाउनु हुँदैन। साधारण गहनाको प्रयोग गर्नुपर्छ ।

पुरुषका लागि विशेष सुझाव: पुरुषले थोरै पहिरनमा आफुलाई राम्रो र आकर्षक बनाउने प्रयास गर्नुपर्छ । सुहाउँदो स्टाइलमा दारिजुंगा काट्नु वा मिलाउनु पर्छ । सफा र सुहाउँदो कपडा, जुत्ता, बेल्ट, घडिको प्रयोग गर्नुपर्छ। तर, घडि पटकपकट हेर्नु भने हुँदैन । चलेको स्टाइल अनुसारको राम्रो र सुहाउँदो कपाल बनाउनुपर्छ । गोजी पुक्क हुनेगरी धेरै सामाग्रि राख्नुहुदैन ।

पहिलो भेट तपाईको उत्तम होस् । तपाईले बल्लबल्ल मिलाएको समयलाई सही सदुपयोग गर्नुहोस् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ८ : २८ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना