एम्बाप्पेलाई रातो कार्ड, नेयमारलाई फेरि ३ खेलमा प्रतिबन्ध ! « Khabarhub

एम्बाप्पेलाई रातो कार्ड, नेयमारलाई फेरि ३ खेलमा प्रतिबन्ध !


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार ब्राजिलिय फुटबलर नेयमारलाई ३ खेलको प्रतिबन्ध लागेको छ । उनले खेल अनुशासन तोडेको भन्दै ३ खेलमा प्रतिबन्ध लगाइएको हो । नेयमारले कोपा डे फ्रान्सको फाईनल खेलपछि रेनेसका समर्थकमाथि हात हालेको आरोप लागेको छ ।

प्रतियोगितामा पीएसजीका अर्का स्टार केलियन एम्बाप्पेले रातो कार्ड खाएका थिए । उक्त खेलमा पीएसजी २–२ गोलको बराबरी खेल्यो । निर्णयका लागि लिएको पेनाल्टि सुटआउटमा पराजित हुँदै पीएसजी प्रतियोगिताबाट बाहिरिएको थियो ।

हारपछि पीएसजी घरेलु फुटबलमा एकै सिजन दुई कप जित्न असफल भएको थियो । प्रतियोगिताको उपबिजेता बनेपछि मेडल लगाउन जाने क्रममा नेयमारले विपक्षी क्लबका समर्थकमाथि मुक्का प्रहार गरेका थिए ।

लामो समय मैदान बाहिर रहेका नेयमार स्टार्सवर्गविरुद्धको खेलमार्फत लिगमा फर्किएका थिए । फ्रान्स फुटबल संघले विश्व फुटबलका महङ्गा खेलाडी नेयमारलाई घरेलु फुटबलमा तीन खेलको प्रतिबन्ध लगाईएको बताएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : २२ बजे

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले