तीन सय २१ ले नागरिकता लिए « Khabarhub

तीन सय २१ ले नागरिकता लिए


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् । नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

सर्वोच्चको आदेशपछि गत चैत २६ देखि वैशाख ३ सम्म नागरिकता वितरणकार्य रोकिएको थियो भने पुनः यही वैशाख २४ देखि गृह मन्त्रालयले अल्पकालीन जन्मका आधारमा दिइदै गरेको वंशज नागरिकता दिनमा रोक लगाएको छ ।

वैशाख ३ मा सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुल्ला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य शुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : २५ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते