धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर « Khabarhub

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ । 

सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेकामा  सम्झौता सकिएपछि  २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको हो । 

महानगरले विसं २०६९ भदौ १४ मा प्रालिसँग पहिलोपटक सम्झौता गरेकामा विसं २०७१ चैत २६ मा पहिलोपटक र २०७८ साल साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।   

‘सम्झौताबमोजिम नभएपछि विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौँ’, उनले भने, ‘विज्ञापन हटाउने क्रमलाई निरन्तरता दिइनेछ ।’

पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए । 

‘विसं २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाएको छैन । हालसम्मको १६ लाख १३ हजार २२४ रुपैयाँ बुझाउन बाँकी रहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० रुपैयाँ र आव  २०८०/८१ मा प्रतिस्क्वायर फिट एक हजार रुपैयाँ पुगेको थियो ।’

कोइरालाका अनुसार विज्ञापन कर १५ लाख ८३ हजार ९३९ रुपैयाँ र नपुग रोयल्टी २९ हजार २८५ रुपैयाँ दाखिला हुन बाँकी छ । 
 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १ : २८ बजे

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ ।

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।