शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण « Khabarhub

शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भद्रपुर नगरपालिकामा पहिलोपटक शरीर दान गर्ने उदयदेव शर्मा आचार्यको शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आज हस्तान्तरण गरिएको छ ।

भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ६९ वर्षीय आचार्यको निधनपछि उहाँको अन्तिम इच्छाअनुसार दाहसंस्कार नगरी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यको आज बिहान ४.३० बजे हृदयघातका कारण निधन भएको कान्छा छोरा राजकुमार आचार्यले जानकारी दिए ।

आचार्यले विसं २०६५ मा आफ्नो शरीर प्रतिष्ठानलाई दान गर्नुभएको थियो । विसं २००७ असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन । उनी वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, बाह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ–संस्थामा आवद्ध थिए ।

आचार्यले सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारविरूद्ध जागरण अभियान समेत चलाउँदै आएका थिए । आचार्यका दुई श्रीमती, तीन जना छोरा र एक छोरी छन् । आचार्यको शवको अन्त्येष्टि नगरिए पनि धार्मिक विधि–परम्पराअनुसार काज–किरिया गरिने कान्छा छोरा राजकुमारले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : २७ बजे

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, दुईजना घाइते

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं