भारतका सबैभन्दा धनी अम्बानीले किने ९ अर्ब ८३ करोडमा खेलौना पसल « Khabarhub

भारतका सबैभन्दा धनी अम्बानीले किने ९ अर्ब ८३ करोडमा खेलौना पसल


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी अखबार फोर्बसको अर्बपतिको सूचीमा १३ औं नम्बरमा आउने भारतीय धनाढ्य मुकेश अम्बानीले ८ करोड ८० लाख अमेरिकी डलरमा अढाई शताब्दी भन्दा पुरानो खेलौनाको व्यवसाय खरिद गरेका छन् ।

मुकेश अम्बानीले बेलायतमा रहेको २५९ वर्ष पुरानो ह्याम्लिज खेलौना पसल ८ करोड ८० लाख डलर (९ अर्ब ८३ करोड ४४ लाख ४० हजार नेपाली रुपैयाँ) मा खरिद गरेका हुन् ।

हङकङगमा रहेको चिनियाँ फेसन समूह सी. ब्यानर इन्टरनेशनल होल्डिङग्ससँग ८ करोड ८० लाख अमेरिकी डलर बराबरमा खरिद सम्झौता भएको अम्बानीको रिलायन्स ब्राण्डले घोषणा गरेको छ । यससँगै अब ह्यम्लिजका विश्वका १८ मुलुकमा रहेका १६७ स्टोर रिलायन्स कम्पनीको स्वामित्वमा आएको छ ।

सन् १७६० मा स्थापना भएको ह्याम्लिज खुद्रा पसल विश्वको सबैभन्दा पुरानो तथा निकै महत्वपूर्णमध्येको खेलौना पसल एक हो ।

पछिल्लो समयमा ह्याम्लिज घाटामा गएका कारण सी. ब्यानरले आफूले यसअघि खरिद गरेको भन्दा झण्डै आधा रकमममा रिलायन्सलाई बेच्न बाध्य भएको जनाइएको छ ।

बेलायतको राजधानी लण्डनमा रहेको पर्यटकीय रेजेण्ट स्ट्रिटमा अवस्थित ह्याम्लिजको मुख्य वितरण केन्द्रमा मात्रै वार्षिक ५० लाख पर्यटकहरु आउने गरेको बताइन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ३ : २२ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस