सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस् « Khabarhub

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस पटकको निर्वाचनपछि जनताले ठूलो अपेक्षा राखेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले जनताको अपेक्षा ठूलो रहेकाले सरकारले त्यहीअनुसार काम गर्नुपर्ने बताएका छन् ।

जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै उनले अब केवल अनुहार मात्रै नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन हुनुपर्ने बताए ।

‘हामीलाई ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदनमा अनुहारमात्रै परिवर्तन भएको छैन, धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित भएका छौँ,’ उनले भने ।

सांसद बुर्लाकोटीले वर्तमान संसद्ले जनताको विश्वास जोगाउँदै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ५२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री