सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस् « Khabarhub

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस पटकको निर्वाचनपछि जनताले ठूलो अपेक्षा राखेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले जनताको अपेक्षा ठूलो रहेकाले सरकारले त्यहीअनुसार काम गर्नुपर्ने बताएका छन् ।

जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै उनले अब केवल अनुहार मात्रै नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन हुनुपर्ने बताए ।

‘हामीलाई ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदनमा अनुहारमात्रै परिवर्तन भएको छैन, धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित भएका छौँ,’ उनले भने ।

सांसद बुर्लाकोटीले वर्तमान संसद्ले जनताको विश्वास जोगाउँदै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ५२ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि